alliance khabar

मंगलबार, भाद्र १७, २०८२

काठमाडौँ, भदौ १७ गते ।

 नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपियाँ ८२ पैसा र बिक्रीदर १४१ रुपियाँ ४२ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६५ रुपियाँ तीन पैसा र बिक्रीदर १६५ रुपियाँ ७३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९० रुपियाँ ४७ पैसा र बिक्रीदर १९१ रुपियाँ २८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपियाँ तीन पैसा र बिक्रीदर १७६ रुपियाँ ७८ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ३२ पैसा र बिक्रीदर ९२ रुपियाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिदर १०२ रुपियाँ ४८ पैसा र बिक्रीदर १०२ रुपियाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ७२ पैसा र बिक्रीदर ११० रुपियाँ १९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ५७ पैसा र बिक्रीदर नौ रुपियाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ७४ पैसा र बिक्रीदर १९ रुपियाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ५३ पैसा र बिक्रीदर ३७ रुपियाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ६३ पैसा र बिक्रीदर ३८ रुपियाँ ८० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ३६ पैसा र बिक्रीदर चार रुपियाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ३४ पैसा र बिक्रीदर ३८ रुपियाँ ५० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ३३ पैसा र बिक्रीदर ३३ रुपियाँ ४७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ ११ पैसा र बिक्रीदर १० रुपियाँ १५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९८ पैसा र बिक्रीदर १५ रुपियाँ पाँच पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ११ पैसा र बिक्रीदर २२ रुपियाँ २० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १८ रुपियाँ छ पैसा र बिक्रीदर १८ रुपियाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपियाँ ८३ पैसा र बिक्रीदर ४६२ रुपियाँ ७९ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपियाँ ५३ पैसा र बिक्रीदर ३७५ रुपियाँ १२ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपियाँ ७८ पैसा र बिक्रीदर ३६७ रुपियाँ ३४ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल