alliance khabar

सोमबार, भाद्र १६, २०८२

पञ्चकोशी (दैलेख), भदौ १६ गते ।

राष्ट्रिय परिचयपत्र बनाउने विवरण भर्न आउने सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले स्टेसन थप गरेको छ । पछिल्लो समयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि कार्यालयले इलाका प्रशासन कार्यालय दुल्लुमा स्टेसन थप गरेर राष्ट्रिय परिचयपत्र बनाउन सुरु गरेको हो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बढ्दो सेवाग्राहीको चापलाई ध्यानमा राख्दै इलाका प्रशासन कार्यालय, दुल्लुमा राष्ट्रिय परिचयपत्र दर्ता स्टेसन थप गरिएको बताउनुभयो । भिडले गर्दा यही भदौ ८ गतेदेखि स्टेसन सञ्चालनमा आएको प्रशासनले जनाएको छ । नयाँ स्टेसन थपसँगै सेवाग्राहीलाई सहज भएको स्थानीय भैरवी गाउँपालिका–१ का सङ्गीता विकले बताउनुभयो । जिल्लामा चालु आर्थिक वर्षको असार मसान्तसम्ममा जिल्ला प्रशासन कार्यालय दैलेखमा ११ हजार २८२ जना र इलाका प्रशासन कार्यालय दुल्लुबाट सात हजार १९६ गरी कुल १८ हजार ४७८ जनाले राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गराएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल