alliance khabar

शनिबार, भाद्र १४, २०८२

नेपालगन्ज, भदौ १४ गते ।

बाँके, बर्दिया, सुर्खेत, दाङ र कैलालीसम्मका सर्पदंशका विरामीलाई उपचारका लागि ल्याउने गरिएको नेपालगन्जस्थित भेरी अस्पताल सर्पदंशको उपचारमा अब्वल सावित भएको छ ।

सर्पदंशको उपचारलाई प्रभावकारी बनाउँदै भेरी अस्पतालले सोबाट हुने मृत्यु दरलाई शून्यमा झार्न सफल भएको छ । पछिल्ला वर्षहरुमा सर्पदंशका कारण अस्पतालमै धेरै विरामीले ज्यान गुमाउँदै आएकोमा यो वर्ष भने उपचारका क्रममा कसैको पनि मृत्यु हुन नपाउनु चिकित्सकहरुको लागि मात्र नभई यस क्षेत्रकै लागि उत्साहजनक उपलब्धि बनेको भेरी अस्पतालका चिकित्सकको भनाइ छ ।

अस्पतालका सूचना अधिकारी समेत रहनुभएका इमरजेन्सी विभागका इन्चार्ज डा. संकेतकुमार रिसालका अनुसार यो वर्षको पछिल्ला तीन महिनामा ४५० जनालाई सर्पले टोकेर उपचारका लागि अस्पताल ल्याइएको तथ्याङ्क छ । तीमध्ये करिब ८० प्रतिशत बिरामीलाई विषरहित सर्पले टोकेको र बाँकी २० प्रतिशत बिरामीलाई कडा विषालु सर्पले टोकेको हुँदा एन्टिस्नेक भेनुमको प्रयोग गरिएको छ ।

भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४५० जना विरामीमध्ये उपचारका क्रममा एक जनाको पनि मृत्यु नभएको जनाउँदै सूचना अधिकारी डा. रिसालले यो अस्पतालको निकै ठुलो उपलब्धी भएको बताउनुभयो ।

उहाँले अस्पताल पुग्नुअघि दुई जना विरामीले भने बाटोमै ज्यान गुमाएको पनि बताउनुभयो । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले अस्पतालमा ल्याइएका सबै सर्पदंशका विरामी भने सुरक्षित हुन सफल भएको जनाउँदै विरामी समयमै अस्पताल आउनु तथा चिकित्सकहरूको राम्रो उपचार तयारी र उत्कृष्ट व्यवस्थापनका कारण उपचारका लागि आएका कसैको पनि ज्यान नगएको बताउनुभयो ।

नेपालमा करिब ९० प्रजातिका सर्पमध्ये १८ प्रजातिका सर्प विषालु छन् । विषालु सर्पमध्ये मुख्यगरी गोमन, करेट र भाइपर तीन किसिमका सर्प धेरै विषालु छन् । तराईमा पाइने विषालु सर्पमा कमन करेट, स्पेक्टिकल कोब्रा गोमन सर्प, किङ कोब्रा, रसल भाइपर हुन् भने पहाडी जिल्लामा पाइने सर्पमा ग्रीन पिट भाइपर हुन् ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल