alliance khabar

शनिबार, भाद्र १४, २०८२

पञ्चकोशी (दैलेख), भदौ १४ गते ।

दैलेखको आठबीस नगरपालिका– ६ खड्केगडेनस्थित शिव आधारभूत विद्यालयको निर्माणाधिन भवन पर्याप्त बजेट नहुँदा अधुरो छाडिएको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१-०८२ मा सशर्त अनुदानमा दुई कोठे भवन निर्माण गर्ने भनेर १५ लाखको लागतमा निर्माण थालिएकोमा रकम नहुँदा भवन अधुरै रहेको हो ।

प्रदेश सरकारले सशर्त अनुदानमा दुई कोठे भवन निर्माण गर्ने भनेर १५ लाख लगानी गरेको यस वर्ष एक रुपियाँ पनि बजेट विनियोजन नगर्दा उक्त विद्यालयको भवन अधुरै रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरबहादुर थापाले बताउनुभयो । उहाँले उक्त भवनका लागि यो वर्ष न त पालिकाले बजेट दिएको छ, न प्रदेश सरकारले नै बजेट दिएको गुनासो गर्नुभयो ।

पछिल्लो समयमा विद्यालयमा ढलान मात्रै गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाले जानकारी दिनुभयो । “गत आर्थिक वर्षमा जम्मा १५ लाख रुपियाँ बजेट आएको थियो । उक्त बजेटले भवन बनाउन सकिएन ।” अध्यक्ष थापाले भन्नुभयो, “करिब एक वर्षदेखि भवनको काम अघि नबढ्दा विद्यालयले दैनिक पठनपाठनमा समस्या भोग्नुपरेको छ । भवन निर्माण नहुँदा विद्यार्थीले एउटै कोठामा दुई ओटा कक्षाका राखेर पढ्न बाध्य छन् ।”

बजेट अभावकै कारण अलपत्र परेको विद्यालय भवन पूरा गर्न आवश्यक बजेटको व्यवस्थापन गरिदिन यो वर्ष पनि प्रदेश सरकार, नगरपालिकालाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

यस्तै, कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा हाल चार सय एक सय ३४ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक रामनाथ योगीले जानकारी दिनुभयो । उहाँले पर्याप्त बजेट नहुँदा भनेको समयमा भवन निर्माण हुन नसक्दा विद्यार्थीलाई एउटै कोठामा दुई वटा कक्षाका विद्यार्थीहरु राखेर अध्यापन गर्न बाध्यता सिर्जना भएको बताउनुभयो । समयमा विद्यालयको भवन निर्माण कार्य पूरा नहुँदा विद्यार्थीहरुको पठनपाठन र अन्य क्रियाकलाप सञ्चालन गर्न समस्या भएको प्रधानाध्यापक योगीले गुनासो गर्नुभयो ।

बजेट अभावका कारण निर्माण सुरु गरिएको विद्यालय भवन पूर्ण हुन नसकेको भन्ने आफूलाई कुनै जानकारी नआएको आठबिस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार माझीले बताउनुभयो । उहाँले अधुरो रहेको भवन निर्माणका लागी नगरपालिको प्राथमिकतामा राखेर आवश्यक बजेटको व्यवस्थापन गरिने बताउनुयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल