alliance khabar

शुक्रबार, भाद्र १३, २०८२

गुल्मी, भदौ १३ गते ।

 लुम्बिनी प्रदेशमा प्रदेश निजामती सेवा दिवस–२०८२ तीन दिनसम्म विविध कार्यक्रमसहित मनाइने भएको छ । भदौ २० देखि २२ गतेसम्म विभिन्न गतिविधि आयोजना गर्ने निर्णय गरिएको हो । प्रदेश निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले रक्तदान, अन्तरक्रिया, वृक्षारोपण, सरसफाई, खेलकुद प्रतियोगिता, परिसंवाद, सांस्कृतिक झाँकीसहितको प्रभातफेरी र मूल समारोह आयोजना गर्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीको अध्यक्षतामा बसेको बैठकले भदौ २० गते बिहान ७ बजे स्वास्थ्य मन्त्रालयको संयोजनमा नेपाल रेडक्रस सोसाइटी तथा सुरक्षा निकायसँग समन्वय गरेर रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । सोही दिन दिउँसो १ बजे ‘सङ्घीयता कार्यान्वयनमा प्रदेश निजामती सेवाका अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम राखिनेछ ।

त्यस्तै, भदौ २१ गते बिहान ७ बजे प्रशासनिक परिसर क्षेत्रमा वृक्षारोपण गरिने, सोही दिन बिहान ८ बजे सरसफाई कार्यक्रम गरिने, भदौ २० र २१ गते खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय भएको छ । यस्तै भदौ २२ गते प्रशासनिक सङ्घीयतासम्बन्धी परिसंवाद, सोही दिन बिहान १० बजे सांस्कृतिक झाँकी, व्याण्ड बाजासहित प्रभातफेरी हुने निर्णय भएको मुख्यमन्त्री कार्यालयका सचिव कविन्द्र नेपालले जानकारी दिनुभयो ।

भदौ २२ गते बिहान ११ बजे कर्मचारीहरूको प्रतिभा प्रस्तुतीकरणसहित प्रदेश निजामती सेवा दिवस मूल समारोह आयोजना गरिनेछ । सो अवसरमा प्रदेश निजामती सेवा पुरस्कारसमेत प्रदान गरिनेछ । यस्तै, दिवसको अवसरमा भदौ २०, २१ र २२ गते आ–आफ्नो मन्त्रालय र निकायमा दीपावली गर्ने निर्णय पनि गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल