alliance khabar

बुधबार, भाद्र ११, २०८२

चौमाला (कैलाली), भदौ ११ गते ।

सुदूरपश्चिम प्रदेशको प्रमुख स्वास्थ्य संस्थामध्ये एक सेती प्रादेशिक अस्पताल नेतृत्वविहीन हुँदा अस्पतालको नीतिगत निर्णय प्रक्रिया प्रभावित भएको छ ।

अस्पताल विकास समिति अध्यक्ष निर्मल शाहको कार्यकाल गत चैत ७ गते सकिएपछि नयाँ अध्यक्षको नियुक्ति नभएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले विकास समितिमा नहुँदा अस्पतालबाट नितिगत रुपमा समस्या आएको मौखिक रुपमा पटक पटक जानकारी आएको बताउनुभयो । नौ वटै जिल्ला अस्पतालको विकास समितिमा पदाधिकारी नियुक्त गर्ने काम केहि दिन भित्र हुने उहाँले बताउनुभयो ।

अस्पताल नेतृत्वविहीन बनेपछि प्रशासनिक सेवा भने सञ्चालनमा रहेको छ तर नीतिगत निर्णय तथा नयाँ योजना निर्माणमा असर परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले जानकारी दिनुभयो । नीतिगत निर्णय र समस्या समाधानका लागि समन्वयात्मक भूमिका निर्वाह गर्ने हो, समिति नहुँदा त्यसबाट गरिनुपर्ने काम प्रभावित भएका बताउनुभयो ।

अध्यक्ष अभावमा नियमित बैठक, कर्मचारी भत्ता वितरण, र करार कर्मचारीको म्याद थपजस्ता विषयमा समेत अन्योलता देखिएको छ। सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा रहेका अस्पताल विगत चार महिनादेखि नेतृत्वविहीन अवस्थामा रहेका छन् ।

त्यसले गर्दा अस्पतालको नीतिगत कार्य प्रभावित भएको छ । अस्पताल विकास समिति नहुँदा अस्पतालको भौतिक, आन्तरिक र बाह्य व्यवस्थापनको कामलाई व्यवस्थित गर्न कठिनाई भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल