alliance khabar

बिहिबार, भाद्र ०५, २०८२

जनकपुरधाम, भदौ ५ गते ।

जनकपुरधाम उपमहानगरपालिकाले सुविधा सम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन प्राप्त गरेको छ ।

बिहीबार आयोजित एक कार्यक्रममा उपमहानगरपालिका–१७ तेतरियास्थित निर्माण सम्पन्न उक्त भवन जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहलाई हस्तान्तरण गरिएको हो ।

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर बर्दिवासको सहयोगमा करिब २ करोड २५ लाख रुपियाँ लागतमा उक्त भवन निर्माण गरिएको हो । भवनमा अपाङ्गमैत्री संरचना, प्रयोगशाला, तालिम हललगायत आधुनिक सेवाका लागि आवश्यक पूर्वाधारहरू समेटिएका छन् ।

भवन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख साहले भवनलाई बहुउपयोगी रूपमा प्रयोग गरिने बताउनुभएको छ । “यसको प्रयोगले नगरका किसानलाई प्रत्यक्ष लाभ पुग्नेछ,” साहले भन्नुभयो, “ग्रामीण क्षेत्रको आर्थिक समृद्धि र कृषकको जीवनस्तर उकास्ने उद्देश्यले निर्माण गरिएको यो भवनबाट सेवा प्रवाह अझ प्रभावकारी हुनेछ ।” उहाँले सुविधा सम्पन्न प्रयोगशाला सञ्चालनमा आएसँगै कृषकहरूलाई बाहिर उपचार वा परीक्षणका लागि धाउन नपर्ने बताउनुभयो ।

सो अवसरमा वडा १७ का वडाध्यक्ष रामवृक्ष यादवले भवनले कृषि तथा पशुपालन क्षेत्रमा ठूलो मद्दत पुग्ने उल्लेख गर्नुभयो । “यस क्षेत्रका अधिकांश जनता कृषि व्यवसायमा आवद्ध छन् । आधुनिक प्रविधि प्रयोग गरेर उत्पादनमा वृद्धि गर्न यो भवन महत्वपूर्ण आधार बन्नेछ,” उहाँले भन्नुभयो ।

त्यस्तै, वडा ९ का वडाध्यक्ष परमेश्वर साहले कृषि क्षेत्रमा प्रचुर सम्भावना बोकेको जनकपुरधाममा यो भवनले किसानहरूको जीवनस्तर उकास्न र आयवृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर बर्दिवासका प्रमुख रविन्द्र महतोले भवनमा तालिम हल, माटो परीक्षण प्रयोगशाला, भेटेरीनरी ल्याबलगायत सम्पूर्ण सुविधा समेटिएको जानकारी दिनुभयो ।

गत वर्ष असार महिनामा नगरप्रमुख साहले शिलान्यास गर्नुभएको उक्त भवनको निर्माण कार्य करिब एक वर्षको अन्तरालमै सम्पन्न गरी हस्तान्तरण समेत गरिएको छ भने निर्माणको जिम्मेवारी विजय सिर्जना भगत ग्रुप जेभीले पाएको थियो ।

भवन हस्तान्तरण कार्यक्रममा उपस्थित स्थानीय कृषकहरुले भवन सञ्चालनले कृषि क्षेत्रमा ठोस परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै उपमहानगरलाई धन्यवाद समेत दिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल