alliance khabar

सोमबार, भाद्र ०२, २०८२

काठमाडौँ, भदौ २ गते ।

 भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा यही भदौ १ गते नेपाल आउनुभएका उहाँले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

भ्रमणकै दौरानमा उहाँले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभयो ।

भेटवार्तामा सचिव मिस्रीले भारत सरकारको नेतृत्वतर्फबाट शुभकामना व्यक्त गर्दै दुई देशबीचका पारस्परिक लाभका विविध सहकार्यका पक्षमा भएको प्रगतिबारे जानकारी गराउनुभएको थियो । साथै प्रधानमन्त्री ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिनुभएको भारत भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्नुभएको थियो ।

दुवै देशका विदेश सचिवबीच विस्तृत छलफल भएको थियो । छलफलमा हालसम्म भएका द्विपक्षीय पहलहरुको प्रगतिबारे समीक्षा गर्दै प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणका सम्भावित एजेन्डा र थप सहकार्यका अवसरहरुमा विचार–विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेश सचिव मिस्रीले नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देललाई भेटी नेपाली सेनालाई ‘लाइट स्ट्राइक भेहिकल’, ‘क्रिटिकल केयर मेडिकल इक्विपमेन्ट’ र सैन्य प्रयोजनका जनावरलगायतका रक्षा सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

भ्रमणका क्रममा दुवै पक्षले भौतिक तथा ‘डिजिटल कनेक्टिभिटी’, रक्षा र सुरक्षा, ऊर्जालगायतका क्षेत्रमा हालैका वर्षमा भएको ठोस प्रगतिप्रति सन्तुष्टि व्यक्त गरेका थिए । भ्रमणले दुई देशबीचको उच्चस्तरीय आदान–प्रदानको परम्परालाई निरन्तरता दिनुका साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउन मद्दत गर्ने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल