alliance khabar

सोमबार, साउन २६, २०८२

काठमाडौँ, साउन २६ गते ।

 रोजगार अनुमति प्रणाली (ईएपीएस) दक्षिण कोरियामा रोजगारी गरेर फर्केका युवाका लागि सञ्चालित कोरियाली खानाका परिकार बनाउने सात दिने तालिम सम्पन्न भएको छ ।

कोरियाको अन्तर्राष्ट्रिय सहयोग संस्था (कोइका) र कोरिया सरकारअन्र्तगतको मानव संशाधन विभाग (एचआरडी) को संयुक्त आयोजनामा साउन १९ देखि २६ गतेसम्म  कोरियाली खानाका परिकार बनाउने तालिम सोमबार सम्पन्न भएको हो ।

ईपीएसमार्फत दक्षिण कोरिया गएर फर्केका युवाले सो क्रममा आर्जेको पुँजीको स्वदेशमा परिचालन गराउने उद्देश्यले यस प्रकारको तालिम सञ्चालन गरिएको एचआरडी कोरियाका पदाधिकारीहरुको भनाइ छ ।

के हामी परियोजनाले सन् २०२२ देखि दक्षिण कोरियाबाट फर्केका नेपाललाई युवा पुनः विदेश जान नपरोस् र स्वदेशमै स्वरोजगार उद्यमी बन्न सकुन भनेर स्वरोजगारमूलक तालिम सञ्चालन गर्दैआएको छ । यो कार्यक्रमको उद्देश्य कोरियाबाट फर्किने युवालाई दीर्घकालसम्म पुनः एकीकरणका लागि क्षमता विकास गर्नु रहेको छ ।

यस कार्यक्रमले विशेषगरी दक्षिण कोरियामा पूर्व प्रस्थान र फर्किएका युवालाई सहयोग गर्छ । कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ते–युंगले यस प्रकारको तालिमबाट दक्षिण कोरियाबाट फर्केकाको व्यवहारिक सीपलाई सुदृढ बनाउने र रोजगार वा उद्यमशीलताको सम्भावना बढाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्र्तगतको आन्तरिक रोजगार महाशाखा प्रमुख एवम् सहसचिव कृष्णप्रसाद सापकोटाले दक्षिण कोरियाबाट फर्केका युवा लक्षित यस प्रकारको तालिम आन्तरिक रोजगार व्यवस्थापनमा असाध्य महत्वपूर्ण भएको बताउनुुभयो ।

तालिममा आठ महिला र सात पुरूष गरी १५ जनाको सहभागिता रहेको थियो । व्यावहारिक सिकाइमा केन्द्रित सो तालिममा किम्ची, बिबिम्बाप, सिफुड, कोरियाली स्टयू तथा टोकबोकीजस्ता परिकार बाउन सिकाइएको थियो । तालिममा सहभागीहरूले तालिम असाध्यै उपयोगी भएको र पछिल्लो समय नेपालीले नयाँ स्वादका लागि किम्ची, कोरियन सिफुड, स्टयु र टोकबोकी माग गर्ने गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल