alliance khabar

आइतबार, साउन २५, २०८२

गुलरिया(बर्दिया) साउन २५ गते । 

राजापुर नगरपालिका–२ बालाबजारकी नविना थारू २०५८ सालमा श्रीमान् नेपालगञ्ज पढ्दै गर्दा राज्यपक्षबाट बेपत्ता पारिए । श्रीमान् बेपत्ता भएपछि नविना एक्लो हुनुभयो । पछि पारिवारिक रुपमा पनि एक्लिएकी नविनाले सिलाइ कटाइ तालिम लिएर व्यवसाय सुरु गर्नुभयो । पहिले श्रीमानको यादमा तड्पिने उहाँ आफ्नो व्यवसायमा व्यस्त भएपछि आफ्नो पीडा कम भएको महसुस गर्नुभएको छ ।

श्रीमान् बेपत्ता हुँदा पेटमा भएकी राजापुर नगरपालिका– ६ की शिवा थारूकी कान्छी छोरीको समेत विवाह भएपछि उहाँ घरमा एक्लै हुनुभयो । चार जना छोरीकी आमा शिवा घरमा एक्लै हुँदा टोलाएर बस्नुहुन्थ्यो । राजापुर नगरपालिकाले भैँसी पालन व्यवसायका लागि एक लाख सहयोग गरेपछि शिवाको लागि साथी र व्यवसाय दुवै भएको छ ।

घरखर्च चलाउन नसकेर आपतमा परेकी राजापुर नगरपालिका– ५ जयपुरकी शहीदपत्नी राजकुमारी थारूले अहिले खसि बाख्रा बेचेर घरखर्च चलाउन थाल्नु भएको छ । उहाँले भन्नुभयो, ‘‘पहिले खाली बस्थे अहिले काम पनि गर्छु पैसा पनि आउँछ ।’’

राजापुर नगरपालिकाका बेपत्ता र शहिदका एक सय नौ जना परिवारहरू सबै व्यवसायमा व्यस्त हुनुहुन्छ । द्वन्द्वपीडित समिति राजापुरकी अध्यक्ष लौटन कुमारी थारूले भन्नुभयो –‘‘मैले पनि सिलाइकटाइ व्यवसाय गर्छु राजापुर नगरपालिकाले सिलाई सामान सहयोग गरेपछि अरुलाई समेत रोजगारी दिएकी छु ।’’

राजापुरका शहीद र बेपत्ताका परिवारहरू अहिले  आ आफ्नो व्यवसायमा व्यस्त हुनुहुन्छ ।  बाख्रा पालन, बंगुरपालन, भैँसीपालन, किरानापसल र सिलाईकटाईका लागि राजापुर नगरपालिकाले सहयोग गरेको छ । द्वन्द्वकालमा बेपत्ता पारिएका ३४ जना र सहिद भएका ७५ जना गरी एक सयनौ घरपरिवारलाई राजापुर नगरपालिकाले जिविकोपार्जनका लागि एक एक लाख सहयोग गरेको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले बताउनुभयो । विगत तीन आर्थिक वर्षमा सबै परिवारलाई नगरपालिकाले सहयोग गरेको बताउँदै उहाँहरू सबैले व्यवसाय गरिरहेको बताउनुभयो ।

राजापुर नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरीले जिविकोपार्जनका लागि बेपत्ता तथा शहीदका परिवारलाई सहयोग गरेपछि उनीहरू व्यवसायमा भुलेको र मानसिक तनाव कम भएको बताउनुभयो । ‘‘कतिपय परिवारको त बाख्राका पाठा किनेर पाल्नेसम्म आर्थिक स्रोत थिएन ।’’ उहाँले भन्नुभयो, ‘‘ति परिवारले बाख्रा पालन गरेर घरखर्च चलाएका छन् । सिलाइकटाइ व्यवसाय गरेकाले त अरुलाई रोजगारी समेत दिएका छन् ।’’

द्वन्द्वपीडित परिवारलाई सरकारले न्याय र परिपुरणको व्यवस्था नगर्दा झन् पीडित भएको राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारूले बताउनुभयो । पीडितहरूको घाउमा थोरै भएपनि मल्हम लगाउनका लागि राजापुर नगरपालिकाले जिविकोपार्जनको कार्यक्रम ल्याएको बताउनुभयो । बेपत्ता र शहीदहरूको स्मृति कार्यक्रम, जिविकोपार्जन, स्वास्थ्य बिमा जस्ता कार्यक्रम गरेर उनीहरूको घाउमा मल्हम लगाउने काम गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल