alliance khabar

शुक्रबार, साउन २३, २०८२

पञ्चकोशी (दैलेख), साउन २३ गते ।

दैलेखको नारायण नगरपालिका–१ स्थित गणेशचोकनजिकै बसोबास गर्दै आएका नमुना बस्तीका बादी समुदाय सुरक्षित बासको खोजी गर्न थालेका छन् । बादी समुदायले आफ्नो बस्ती जोखिममा रहेको भन्दै सुरक्षित स्थानमा आफ्नो बस्ती सार्नका लागि सबै पक्षसँग माग गरेका छन् ।

पछिल्ला दिनमा भइरहेको लगातार बर्सातका कारण भिरालो जमिनमा निर्माण गरिएका कच्ची घरटहरा भत्किने डरले केही दिनदेखि रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा रहेको नमुना बस्तीका सुकलाल बादीले बताउनुभयो । उहाँले यसको दिगो व्यवस्थापन गरिनुका साथै सुरक्षित वासस्थानको व्यवस्थापन गरिदिन सरकारलाई आग्रह गर्नुभयो । उहाँले आवश्यक सहयोग गर्ने र सुरक्षित बसोबासका लागि तिनै तहका सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले दिनभर काम गरेर घरमा पुगेपछि बासको समस्या हुने गरेको बताउनुभयो । १० जनाको घरपरिवार रहेको सुकलाल बादीको बर्सातका कारण घरभित्र पानी पस्न सुरु हुनेबित्तिकै रातभरि जाग्राम बस्नुपर्ने बाध्यता छ ।

यस्तै पहिरोले बर्सेनि घरपरिवार विस्थापित हुनुपर्ने बाध्यता रहेको नमुना बस्तीमा बसोबास गर्दै आउनुभएकी ७५ वर्षीय धनकला बादीले बताउनुभयो । आफूसँग भएको त्यही एउटा घर पनि पहिरोको जोखिममा परेपछि रातमा निद्रा नलाग्ने दुःखेसो उहाँले सुनाउनुभयो ।

जोखिममा रहेका सात घरमा बसोबास गर्दै आउनुभएका बादी समुदायदाई सुरक्षित स्थानमा सार्ने गरी ठाउँको खोजी भइरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो । उहाँले पीडितको अवस्था हेरेर तत्काल समाधान गर्नुपर्ने समस्यालाई पहिलो प्राथमिकतामा राखेर सहयोग गर्ने उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल