alliance khabar

शुक्रबार, साउन १६, २०८२

काठमाडौँ, साउन १६ गते ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यस वर्षदेखि हुलाक टिकट सञ्चार मन्त्रालय अन्तर्गत प्रकाशन गरिने बताउनु भएको छ ।

हुलाक सेवा विभागले आज प्रकाशन गरेको नयाँ  १४ वटा टिकटका आवरणमा टाँचा प्रदान गरेपछि मन्त्री गुरुङले यस्तो जानकारी दिनुभएको हो ।

हुलाक सेवा विभागले अहिलेसम्म जनक शिक्षा सामग्रीद्वारा  टिकट प्रकाशन गर्दै आएको भए पनि अब मन्त्रालयले नै छाप्ने तयारी भएको मन्त्री गुरुङले बताउनुभयो ।

उहाँका अनुसार बैंकको नोटबाहेक अरु आवश्यक राष्ट्रिय कागजातहरु मन्त्रालय अन्तर्गत सुरक्षण मुद्रण केन्द्रले प्रकाशन गर्नेछ । उहाँले कार्यक्रममा हुलाक टिकटमार्फत मुलुकको कला, संस्कृति, इतिहास र रैथाने परम्परा तथा बालिनाली संरक्षण जरुरी रहेको पनि बताउनुभयो ।

विभागले ल्याएको नयाँ टिकटहरुमा नेपालका जात्राहरुअन्तर्गत विस्केट, हाँडीगाउँ, गाईजात्रा, मन्दीरहरुमा बालकुमारी मन्दीर (ठेचो ललितपुर), सप्त देवल (दैलेख), कोटदेवी मन्दिर (चाँगुनारायण, भक्तपुर), भीमसेन मन्दिर (गोरखा), बैतेश्वर महादेव मन्दिर (दोलखा), नेपालका प्राचीन प्रस्तर मूर्तिअन्तर्गत भगवान विष्णु कौडेना सर्लाही  बाह्रौँ-तेह्रौँ शताब्दी र श्रीस्वस्थानीको प्रस्तर मूर्ति काठमाडौँ, त्यसैगरी, नेपालका शिक्षाविद्हरु अन्तर्गत  ई. कुल रत्न तुलाधर,  शंकरदेव पन्त, पं. ऋषिराम पन्थी गरी १४ वटा टिकट रहेका छन् ।

कार्यक्रममा विभागले प्रकाशनमा ल्याएको पुस्तक “नेपाल हुलाक टिकट (वि.सं. १९३५–२०८२०) पनि लोकार्पण गरिएको छ । उक्त पुस्तकमा हुलाक घर नाम भएदेखि सुरु गरिएको वि.सं. १९३५ देखि २०८२ सम्म प्रकाशन भएका हुलाकका टिकटहरुको विवरण उल्लेख छ ।

विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक मुलुकको इतिहास स्मरण गराउने एउटा सुन्दर दस्तावेजसमेत बन्दै आएको बताउनु भयो । उहाँले देश विदेशमा प्रचार गर्ने र पर्यटन प्रवर्धनमा हुलाकको भूमिका प्रभावकारी बनाउन आफू प्रयत्नशील रहेको जानकारी दिनुभयो । कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल सहभागी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल