alliance khabar

शनिबार, साउन ०३, २०८२

खजुरा, साउन ३ गते ।

बाँकेको कोहलपुर नगरपालिका वडा १ का थप तीनसय २५ अव्यवस्थित बसोवासीले शनिबार जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् । भूमि समस्या समाधान आयोगका केन्द्रीय उपाध्यक्ष सनतकुमार कार्कीले कोहलपुर १ का अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्नुभएको हो ।

उपाध्यक्ष कार्कीले पछिल्लो समयमा आयोगले देशभर भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण कार्य तीव्र पारेको बताउनुभयो । उहाँले देशभर लालपुर्जा वितरण काम जारी रहे पनि यो काममा सबैभन्दा अगाडि बाँके रहेको उल्लेख गर्नुभयो ।

“हामी आएको नौ महिना भयो, जिल्लाका आयोगहरु बनेको ६ महिना पुगेको छ, यो अवधिमा हामीले देशभरका भुमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने काम तीव्र पारेका छौँ, त्यसमा बाँके अग्रपङ्तिमा छ” उपाध्यक्ष कार्कीले भन्नुभयो, “हामीभन्दा अगाडि करिब १८ वटा आयोग बने तर धेरै काम गर्न सकेका थिएनन्, हामी १९ औँ आयोगका रुपमा आइसकेपछि यो कामलाई तीव्र पारेका छौँ ।”

उहाँले देशभरमा भूमिहीन नागरिकका ११ लाखभन्दा बढी आवेदन आयोगमा दर्ता भएको जानकारी दिनुभयो । “पहिलो चरणको आह्वानमा देशभरबाट करिब ११ लाख बढी आवेदन दर्ता भएका छन्, छुट भएका नागरिकका लागि आयोगले पुनः दोस्रो चरणको आवेदन आह्वान गरिसकेको छ, आवेदन सङ्कलन हुने कार्य जारी छ, करिब १५ लाख आवेदन पुग्ने हामीले अनुमान गरेका छौँ” उहाँले भन्नुभयो ।

लालपुर्जामा राखिएको १० वर्षे प्रावधान हटाउन आयोगले पहल गरिरहेको उहाँको भनाइ छ । “लालपुर्जामा राखिएको खरिद बिक्री तथा अन्य प्रयोजन गर्न नपाइने १० वर्षे प्रावधान हटाउन यहाँबाट मात्र नभई देशभरबाट सुझावहरु आइरहेका छन्, हामीले बैठकमा पनि छलफल गरेका थियौँ, नागरिकका भावनालाई कदर गर्दै समायवधि कसरी कममा झार्न सकिन्छ भन्ने विषयमा हामी आगामी बैठकमा थप छलफल गरेर निष्कर्षमा पुग्नेछौँ” उहाँले भन्नुभयो ।

कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले भूमिहीन नागरिकको माग र आफूले गरेको प्रतिबद्धता अनुसार कोहलपुरबाट लालपुर्जा वितरण अभियान सुरु गरिएको बताउनुभयो ।

आयोग बाँकेका अध्यक्ष घननाथ खनालले शनिबार कोहलपुर १ का थप ३२५ जना अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गरिएको जानकारी दिनुभयो । बाँकेमा ५३ हजार ७०५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले जग्गा प्राप्तिका लागि आयोगमा आवेदन दर्ता गराएका छन् ।

जसमध्ये भूमिहीन दलितको सङ्ख्या तीन हजार ६८१, भूमिहीन सुकुम्वासीको सङ्ख्या ६ हजार ७९८ र अव्यवस्थित बसोवासीको सङ्ख्या ४३ हजार २२६ रहेको छ । बाँकेका ८ वटा पालिकामध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाबाट जग्गा प्राप्तिका लागि आवेदन दर्ता भएको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल