alliance khabar

मंगलबार, आषाढ ३१, २०८२

काठमाडौँ, असार ३१ गते ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३० वटा व्यापारिक फर्मलाई अनलाइन व्यापारको स्वीकृति दिएको छ । विभागका अनुसार अनलाइनको माध्यमबाट व्यापार गर्ने ३१५ वटा फर्मको आवेदन परेकोमा सबै प्रक्रिया पूरा गरेका ३० वटाले मात्रै अनलाइन व्यापार गर्ने स्वीकृत प्राप्त गरेका हुन् ।

विभागका निर्देशक भरतप्रसाद आचार्यले विभागमा आवेदन आएका कतिपयको अपुग एउटा/दुई कागजात माग्ने काम भएको जानकारी दिनुभयो । उहाँका अनुसार विभागले विद्युतीय व्यापारका माध्यमबाट व्यापार गर्ने अनलाइन सपिङ व्यापारिक फर्मलाई विभागमा दर्ता गर्ने विद्युतीय व्यापार (इकमर्स) ऐन, २०८१ ले गरेको व्यवस्था अनुसार अनलाइन व्यापार दर्ता गर्न थालेको हो । हालसम्म विभागमा सूचीकृत भएका व्यावसायिक फर्ममा अधिकांश कस्मेटिक, फेन्सी र ग्रोसरी आइटमका छन् । सूचीकृत हुनेमा ज्योतिष परामर्शदेखि स्वास्थ्य परामर्शसम्मका पनि रहेको विभागका निर्देशक आचार्यले जानकारी दिनुभयो ।

विभागले यही असार १८ देखि साउन २ सम्म अनलाइन व्यापार गरिरहेका र गर्ने व्यापारिक फर्मलाई विभागमा दर्ता भएर सूचीकृत हुन सूचना गरेको थियो । विभागका अनुसार विभागले आवेदन दिन चाहने व्यवसायी फर्मलाई अनलाइनमार्फत आवेदन दिने र माग गरेको कागजात आए वा नआएको परीक्षण गरेर कागजात पूरा भएकालाई अनलाइनबाटै स्वीकृत भएको प्रमाणपत्र उपलब्ध गराएको छ ।

विभागले विद्युतीय व्यापार (इकमर्स) ऐन, २०८१ गत वैशाखदेखि कार्यान्वयनमा आइसकेकाले त्यस्ता व्यापारिक फर्मलाई अनिवार्य रूपमा अनुमतिको दायराभित्र आउन निर्देशन दिइएको हो । ऐन कार्यान्वयनमा आएको मितिले तीन महिनाभित्र त्यस्ता व्यापारिक संस्था विभागको विद्युतीय व्यापार पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने र नयाँ व्यवसायीको हकमा अनिवार्य रूपमा सूचीकृत गरेर मात्र व्यवसाय गर्नुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल