मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामाजिक कार्यमा सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन हो । मनमा धार्मिक वा आध्यात्मिक विषय प्रति आकर्षण बढ्नेछ । प्रेम र पारिवारिक सम्बन्धमा मिठास आउनेछ । मेहनत अनुसार परिणाम पाइनेछ, परिश्रम नगरी भाग्यमा मात्र भरोसा राख्नु हुदैन ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहकर्मी तथा मित्रसँग सहकार्यमा सफलता मिल्नेछ । दबाबमा गरिएका निर्णयले पछुतो हुने सम्भावना छ, त्यसैले धैर्यपूर्वक सोचेर निर्णय गर्नुहोस् । मनमा सृजनशील विचार आउनेछन् । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सुख सुविधा तथा भौतिक सामाग्रीमा खर्च बढ्न सक्छ । नयाँ लगानी वा व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने साझेदारीमा भन्दा एक्लै अघि बढ्नु उपयुक्त हुनेछ । दाम्पत्य सम्बन्ध बलियो बन्नेछ । विद्यार्थीले मेहनत अनुसार सफलता पाउने समय हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिनमा अहंकार र घमण्डले सम्बन्धमा असर पार्न सक्छ । बहस, विवाद वा वादविवादमा संलग्न हुनुभन्दा शान्त रहनु राम्रो हुनेछ । आफ्नो काम प्रति लगाव बढ्नेछ । समय र श्रमको मूल्य बुझेमा उपलब्धि मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जोखिमयुक्त कार्य टार्नु राम्रो हुनेछ । साथीभाइ वा प्रतिद्धन्द्वीले तपाईंको कमजोरी देखाउने प्रयास गर्न सक्छन् । तर, आत्मबल र आत्मविश्वासका साथ अघि बढेमा सफलता पाउने सम्भावना बलियो छ । आर्थिक कारोबारमा सतर्क रहनुहोस् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारिक वातावरण केही चञ्चल हुन सक्छ। व्यापारिक क्षेत्रमा विशेष लाभ हुने सम्भावना छ, विशेष गरी कृषि, फलफूल वा रत्न व्यवसायमा । विद्यार्थी वर्गका लागि आजको दिनमा मनोबल उच्च हुनेछ । सामाजिक व्यवहारमा सावधानी अपनाउनु उपयुक्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक काम वा अनावश्यक छलफलले समय खेर जान सक्छ । कामको चाप बढे पनि संयमित रहनुहोस् । प्रेम सम्बन्धमा केही मतभेद आउन सक्नेछ । नयाँ साथी वा सम्बन्ध बन्ने सम्भावना छ । परोपकारी कार्यप्रति मन आकर्षित हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक आवश्यकता वा आकस्मिक खर्चले केही धन खर्च गर्नुपर्ने हुन सक्छ । व्यवहारमा सुधार ल्याउनु पर्ने समय हो । अध्ययन, अभिव्यक्ति तथा बोलचालमा सहजता आउनेछ । तर फुर्सदको समयमा ध्यान भंग हुने सम्भावना छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आत्मविश्लेषण र आत्मसुधारको दिन हो । कल्पनामा रमाउने भन्दा कार्यमा लागेमा राम्रो नतिजा पाइनेछ । उच्च पदस्थ व्यक्तिहरूसँग सम्बन्ध बलियो बन्ने सम्भावना छ । नयाँ कार्य योजना बनाउन अनुकूल समय हो ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पारिवारिक र दाम्पत्य सम्बन्धमा केही असमझदारी आउन सक्छ । अनावश्यक तनाव लिनुभन्दा संवाद बढाउनु उपयुक्त हुनेछ । खर्च नियन्त्रणमा राख्नु राम्रो हुन्छ । लगानीको निर्णयमा धैर्यता अपनाउनु बुद्धिमानी हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
योजना अनुसार काम अघि बढ्नेछ । सहकर्मी वा पार्टनरसँग सहकार्यमा सफलता मिल्ने सम्भावना छ । रमाइलो यात्राको अवसर बन्न सक्छ । घर जग्गा वा सम्पत्ति सम्बन्धी कार्यमा लाभ पाउने संकेत छ । आत्मबल उच्च रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भाग्यभन्दा कर्ममा विश्वास गर्नुहोस् । अध्ययन र प्रतिस्पर्धामा सफलता मिल्नेछ । पद, प्रतिष्ठा वा सम्मान बढ्नेछ । मान्यजनको आशीर्वादले नयाँ मार्ग खुल्नेछ । दिनको उत्तरार्ध लाभदायक रहनेछ ।