alliance khabar

सोमबार, आषाढ ३०, २०८२

सिओल, असार ३० गते । 

सेमिकन्डक्टरको माग बढ्दै गएकाले दक्षिण कोरियाको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) सामानको निर्यात लगातार पाँचौँ महिना बढेको छ । दक्षिण कोरियाको व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयका अनुसार, जुन महिनामा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी सामानको निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.७ प्रतिशतले बढेर २२ अर्ब तीन करोड अमेरिकी डलर बराबर पुगेको छ ।

फागुन महिनादेखि निर्यात वृद्धिको क्रम जारी छ । विशेष गरी जनरेटिभ कृत्रिम बौद्धिकता (कृबौ) प्रयोग हुने डबल डाटा दर ५ (डीडीआर५) चिपहरूको माग उच्च रहँदा चिप निर्यात ११.५ प्रतिशतले बढेर १४ अर्ब ९८ करोड डलर पुगेको छ, जुन अहिलेसम्मकै उच्चतम हो । कम्प्युटर तथा त्यससँग सम्बन्धित उपकरणको निर्यात पनि १२.७ प्रतिशतले बढेर एक अर्ब ४५ करोड डलर पुगेको छ । तर, सञ्चार उपकरणको निर्यात भने ०.७ प्रतिशतले घटेर २० करोड डलरमा सीमित भयो ।

त्यस्तै, मोबाइल फोनको निर्यात ६.२ प्रतिशतले घटेर ७९ करोड डलरमा पुगेको छ । जुन महिनामा सूचना तथा सञ्चार प्रविधि सामग्रीको आयात भने १४ प्रतिशतले बढेर १२ अर्ब ४१ करोड डलर पुगेको छ । यसले गर्दा सो क्षेत्रमा व्यापार नाफा नौ अर्ब ६२ करोड डलर कायम भएको मन्त्रालयले जनाएको छ । 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल