alliance khabar

आइतबार, आषाढ २९, २०८२

काठमाडौँ, असार २९ गते ।

अब बैङ्कपिच्छे ग्राहक पहिचान (केवाइसी) भनुपर्ने झन्झटबाट सेवाग्राहीमुक्त हुने भएका छन् । ‘तपाईंको केवाइसी अपडेट छैन, गरिहाल्नुस्’ भन्ने बैङ्कका कर्मचारीको जवाफ पनि सेवाग्राहीले सुन्न नपर्ने भएको छ । बैङ्क तथा वित्तीय संस्था एवं अन्य वित्तीय सेवाप्रदायकको ग्राहक पहिचान (केवाइसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिने भएको छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिन लागेको हो ।

जति वटा बैङ्कमा खाता खोल्यो छुट्टाछुट्टै केवाइसी भनुपर्ने बैङ्क तथा वित्तीय संस्थाको प्रावधानले सेवाग्राही हैरान भएका थिए । यसबारे सर्वत्र गुनासो आइरहेपछि राष्ट्र बैङ्कले सुधारको पहल सुरु गरेको हो ।

ग्राहकले कुनै एक बैङ्कमा विवरण अद्यावधिक गरेपश्चात् आवश्यक पर्ने निकायले विद्युतीय माध्यमबाट प्राप्त गर्न सक्ने पूर्वाधारको विकासका लागि समेत सहजीकरण गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

राष्ट्र बैङ्कले सार्वजनिक गरेको मौद्रिक नीतिमा व्यवस्था भए अनुसार केवाइसी विवरण कुनै बैङ्क तथा वित्तीय संस्थालाई आवश्यक परेको खण्डमा राष्ट्रिय परिचयपत्रबाट सहजै वित्तीय संस्थाले प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

“बैङ्क तथा वित्तीय संस्था एवं अन्य वित्तीय सेवाप्रदायकको ग्राहक पहिचान केवाइसी विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिने छ ।

ग्राहकले कुनै एक बैङ्कमा विवरण अद्यावधिक गरेपश्चात् आवश्यक पर्ने निकायले विद्युतीय माध्यमबाट प्राप्त गर्न सक्ने पूर्वाधारको विकासका लागि समेत सहजीकरण गरिने छ,” मौद्रिक नीतिमा उल्लेख छ ।

नयाँ प्रणाली अन्तर्गत केवाइसी विवरण उपलब्ध गराएका ग्राहकले पहिचान नम्बर प्राप्त गर्ने भएका छन् र कुनै पनि बैङ्क तथा वित्तीय संस्थाले ग्राहक पहिचानका लागि ग्राहकको व्यक्तिगत विवरण आवश्यक परेमा सोही पहिचान नम्बरको प्रयोग गरेर केवाइसी प्रणालीबाट प्राप्त गर्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैङ्कले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल