alliance khabar

शुक्रबार, आषाढ २७, २०८२

काठमाडौँ, असार २७ गते ।

दक्षिण एसियामा आतङ्कवाद अन्त्य गर्दै क्षेत्रीय शान्ति स्थापनाका लागि सामूहिक पहलको आवश्यकता रहेको विभिन्न क्षेत्रका विज्ञले औँल्याएका छन् । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री डा. मीनेन्द रिजालले आतङ्कवादले विगतमा राजनीतिज्ञ र आर्थिक शक्तिमाथि लक्ष्य साध्ने गरेकामा पछिल्लो समय जनता पनि उनीहरूको लक्ष्यमा पर्न थालेको स्मरण गर्नुहुन्छ । अबका दिनमा द्विपक्षीय सम्बन्धले मात्र आतङ्कवादलाई समाप्त गर्न नसकिने भएकाले सामूहिक पहलको आवश्यकता रहेको उहाँले स्पष्ट पार्नुभयो । रिजालले नेपालको असंलग्नता, तटस्थता र पञ्चशीलका सिद्धान्तका कारण आतङ्कवादबाट टाढा रहँदै शान्ति स्थापनामा भूमिका रहेकाले अरूभन्दा फरक रहेको बताउनुभयो । तथापि खुला सिमानाका कारण त्यस्ता गतिविधिको चुनौती बढ्दै गएको उहाँले टिप्पणी गर्नुभयो ।

पूर्वपरराष्ट्रमन्त्री एनपी साउद दक्षिण एसियामा आतङ्कवाद मच्चाउनेले विभिन्न देशको शक्ति सङ्घर्षलाई प्रयोग गरिरहेको औँल्याउनु हुन्छ । उहाँ भन्नुभयो, “कुनै पनि देश आतङ्कवादबाट अछुतो रहन सक्दैन । यस क्षेत्रका देशहरू साझा अवधारणाका साथ अघि बढ्नु पर्छ ।”

सांसद चन्दा चौधरीले नेपालको दक्षिणी सिमानमा हुने गतिविधिको निरन्तर निगरानी हुनुपर्ने बताउनुभयो । नेपाल जस्तो अल्प विकसित मुलुकले सुरक्षाका साझा उपाय अपनाउनुपर्ने सुझाव दिनुभयो । यस्तै सांसद शिशिर खनालले यस क्षेत्रका देशको साझा उत्तरदायित्व बुझेर एकअर्कालाई सघाउनुपर्नेमा जोड दिनुभयो ।

पूर्वउद्योगमन्त्री सुनीलबहादुर थापाले प्रतिक्रियावादी आतङ्कवाद र सीमापार आतङ्कवादको जोखिम बढेको उल्लेख गर्नुभयो । नेपाल इन्स्टिच्युट फरक इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (एनआइआइसिई) का अध्ययन निर्देशक डा. प्रमोद जैसवालले क्षेत्रीय शान्तिका लागि सबै मुलुकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले हालसम्म दक्षिण एसियामा भएका आतङ्कवादी घटनाको चर्चा गर्नुभयो । यस्तै नेपाल इन्स्टिच्युट फरक इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (एनआइआइसिई) का अध्यक्ष सुमित्रा कार्कीले क्षेत्रीय शान्ति र आतङ्कवाद अन्त्यका लागि दक्षिण एसियाली मुलुकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल