alliance khabar

बुधबार, आषाढ २५, २०८२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ । कठिन कार्यहरू पनि साथीको सहयोगले सफल हुनेछन् । कृषिजन्य व्यापारमा सफलता मिल्नेछ, आँटेको काम पुरा हुनेछ । शत्रु परास्त हुनेछन्, मनोरञ्जनका साथ दिन बित्नेछ । दुर्गमस्थल वा टाढाको यात्रा हुने सम्भावना छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सुरुवातमा कामको विषयमा द्विविधा उत्पन्न भए पनि पछि सफलता मिल्नेछ । आम्दानीका नयाँ स्रोत खुल्नेछन् । प्रेम सम्बन्धमा विश्वास बढ्नेछ । दाजुभाइको सहयोग मिल्नेछ । शिक्षा र बौद्धिक क्षेत्रबाट फाइदा हुनेछ । व्यापारमा उन्नति हुनेछ । मेहनतले नयाँ जिम्मेवारी दिलाउनेछ, परोपकारमा रुचि जाग्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कृषि र व्यवसायमा प्रगति हुनुका साथै अन्य क्षेत्रबाट पनि प्रशस्त धन लाभ हुने योग छ । शारीरिक कमजोरी देखिएला, तर आफन्तबाट सहयोग मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ, मान सम्मान प्राप्त हुनेछ । चुनौतीहरू सजिलै पार गरिनेछ । आर्थिक समृद्धिको संकेत छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा खर्च बढ्ने सम्भावना छ, वादविवादमा होसियार रहनु होला । नयाँ कार्य आरम्भ गर्ने मौका आउन सक्छ । लगनशीलता बढ्नेछ, जीवनशैलीमा सुधार आउन सक्छ । आम्दानी सन्तोषजनक हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ जागिर पाउने वा पुरानो काममा पदोन्नति हुने सम्भावना छ । आत्मीयजनसँग केही समयको दूरी हुन सक्छ । पारिवारिक सद्भावले कार्यमा सफलता मिल्नेछ । विदेशमा लगानी गरेको भए लाभ प्राप्त हुनेछ । अध्ययनमा प्रगति हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्तको भेटले खुशी मिल्नेछ । सन्तानको सहयोग पाइनेछ । यात्रा रमाइलो हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । घर जग्गा वा व्यापारमा लाभ मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । पशुपालन तथा कृषिक्षेत्रबाट राम्रो आम्दानी हुने सम्भावना छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका कामहरू बन्नेछन् । व्यापार व्यवसायमा प्रगति हुनेछ । कामको प्रशंसा पाइनेछ । स्वास्थ्यमा सुधार हुनेछ । लेखनमा रुचि बढ्नेछ । सहयोगीहरूको साथ र हौसला प्राप्त हुनेछ । अध्ययनमा ध्यान केन्द्रित हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विश्वास पात्रबाट धोका पाइने सम्भावना छ । मानसिक चञ्चलता बढ्नेछ, अप्रिय समाचारले मन खिन्न हुन सक्छ । आफन्तको भरण पोषणमा खर्च बढ्नेछ । शैक्षिक प्रगति सम्भव छ । खर्च बढ्नेछ, आर्थिक अभाव हुन सक्छ । प्रतिनिधिमूलक यात्राको सम्भावना छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काममा सुरुवाती कठिनाइ भएपनि अन्तत: सफलता मिल्नेछ । घर जग्गा वा स्थायी सम्पत्ति जोड्ने मौका छ । धार्मिक कार्यमा सक्रियता बढ्नेछ । अनुसन्धानमा सफलता मिल्नेछ । पुराना अपुरो कामहरू पुरा हुनेछन् । बुद्धिको प्रयोगले आम्दानी बढ्नेछ । पुराना साथीहरू भेटिनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रयत्न गर्दा विशेष लाभ मिल्नेछ । अध्ययनका लागि अनुकूल समय हुनेछ । व्यापार पनि फस्टाउनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । पद प्रतिष्ठा प्राप्त हुनेछ । भौतिक सुविधा र व्यापारिक लाभको राम्रो समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दैनिक कार्यमा केही ढिलासुस्ती वा अल्झन हुन सक्छ । धार्मिक यात्राको अवसर मिल्नेछ । व्यापार सामान्य रहला । प्रियजनसँग भेटघाट हुने र प्रसन्नता अनुभव हुने समय छ । कामबाट विश्राम लिन सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
समाजमा आलोचना गर्नेहरू सक्रिय हुनेछन् । दैनिक कार्यमा समस्या देखिन सक्छ, सचेत रहनुहोस् । खर्चिलो यात्रा गर्नुपर्ने सम्भावना छ । साथीहरूको सहयोग सामान्य रहनेछ । साना कामका लागि धेरै दौडधुप गर्नुपर्ला । तापनि लगानीबाट उचित प्रतिफल मिल्नेछ । विलासी जीवनशैलीका साथ समय बित्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल