alliance khabar

शनिबार, आषाढ २१, २०८२

काठमाडौँ, असार २१ गते ।

नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३४ पैसा र बिक्रीदर १३६ रुपियाँ ९४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ५८ पैसा र बिक्रीदर १६१ रुपियाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ १० पैसा र बिक्रीदर १८६ रुपियाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ ८३ पैसा र बिक्रीदर १७२ रुपियाँ ५९ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ४३  पैसा र बिक्रीदर ८९ रुपियाँ ८२ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ३१ पैसा र बिक्रीदर १०० रुपियाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ०५ पैसा र बिक्रीदर १०७ रुपियाँ ५२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४५ पैसा र बिक्रीदर नौ रुपियाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०४ पैसा र बिक्रीदर १९ रुपियाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३५ पैसा र बिक्रीदर ३६ रुपियाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४१ पैसा र बिक्रीदर ३७ रुपियाँ ५७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २२ पैसा र बिक्रीदर चार रुपियाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १२ पैसा र बिक्रीदर ३७ रुपियाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ३० पैसा र बिक्रीदर ३२ रुपियाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ र बिक्रीदर १० रुपियाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २७ पैसा र बिक्रीदर १४ रुपियाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ५२ पैसा र बिक्रीदर २१ रुपियाँ ६२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३७ पैसा र बिक्रीदर १७ रुपियाँ ४५ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपियाँ ६७ पैसा र बिक्रीदर ४४८ रुपियाँ ६४ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपियाँ ६७ पैसा र बिक्रीदर ३६३ रुपियाँ २६ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ १३ पैसा र बिक्रीदर ३५५ रुपियाँ ६९ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल