alliance khabar

शनिबार, आषाढ २१, २०८२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आर्थिक पक्ष सन्तोषजनक रहनेछ । रोकिएका कामहरू बन्नेछन भने नयाँ काम सुरु गर्ने अवसर पनि मिल्नेछ । परिश्रमले अरूको विश्वास जित्न सकिनेछ । अधुरा कामहरू पुरा हुने र नयाँ जिम्मेवारी पाइने सम्भावना छ । परोपकारी कार्यमा रुचि जाग्नेछ । प्रेम सम्बन्धमा सफलता मिल्ने संकेत छन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कामहरू रमाइलो ढंगले गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । प्रेम सम्बन्धमा सफलता मिल्ने सम्भावना छ र वैवाहिक सम्बन्धको चर्चा पनि चल्न सक्छ । बोलीको प्रभाव बढ्नेछ, जसले मान सम्मान र आर्थिक उन्नति दिलाउनेछ । धन लाभको राम्रो योग रहेको दिन हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कामको बोझले थकाइ महसुस हुन सक्छ । घर परिवारमा केही समस्या आउन सक्छ । गलत विचार र अनिर्णयको कारण काममा अवरोध आउनेछ । खर्च बढ्न सक्छ र छिमेकीसँग विवादको सम्भावना छ, सतर्क रहनुहोला । कडा प्रयासले सफलता त मिल्नेछ, तर विवादबाट बच्न आवश्यक छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा केही दुविधा रहनेछ । सामाजिक क्षेत्रमा नाम र सम्मान पाइनेछ । व्यापारमा सफलता मिल्नेछ भने आम्दानी बढ्ने सम्भावना छ । धार्मिक वा सामाजिक जिम्मेवारी थपिन सक्छ । आत्मबल बढ्नेछ र अरूको आदर प्राप्त हुनेछ, यद्यपि मनमा केही डर पनि रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काम सफल भएपछि मन प्रफुल्ल रहनेछ । गुरुजनको सहयोग र बुद्धिको प्रयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रभावशाली व्यक्तिको समर्थन पाउने समय हो । कृषि तथा पशुपालनबाट राम्रो लाभ मिल्नेछ । दिन सुखद रहनेछ र पढाइमा प्रगति देखिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अनपेक्षित रूपमा लाभ प्राप्त हुने सम्भावना छ । उद्योग वा व्यापारमा विशेष लाभको योग छ । नयाँ साथीको साथ र सहयोगले मन प्रसन्न हुनेछ । पढाइमा रुचि बढ्नेछ । सहयोगीहरूबाट साथ पाइनेछ । समय रमाइलो र उत्साहपूर्ण रहनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्च गर्दा विशेष होसियार हुनुहोस् । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोस् । परिश्रमले लक्ष्यमा पुग्न सकिनेछ । जागिर वा राजनीतिमा केही चुनौतीको सामना गर्नुपर्नेछ । पारिवारिक समस्याले दबाब दिन सक्छ, तर बिस्तारै समाधान हुनेछ । अनावश्यक झमेलाबाट जोगिनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घरमा पाहुनाको आगमन हुने सम्भावना छ । काममा सहयोगीहरूको राम्रो साथ मिल्नेछ । नयाँ कामको अवसर आउन सक्छ । पढाइमा प्रगति हुने समय हो । साहसिक काममा सक्रियता बढ्नेछ । पुराना साथीहरूसँग भेटघाटको अवसर मिल्नेछ । पशुपालन वा जमिनबाट सामान्य लाभ सम्भव छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अचानक उपहार प्राप्त हुने सम्भावना छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । पुराना काम पूरा भई धन लाभ हुने सम्भावना छ । भौतिक साधन र व्यवसायिक उन्नति देखिन्छ । पारिवारिक सल्लाहले नयाँ कामको सुरुवात गर्न मद्दत मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कमाइ राम्रो हुनेछ । अप्ठेरा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुन सक्छ । व्यापारमा सफलता मिल्नेछ । यात्रा सुखद हुनेछ । स्वास्थ्य सबल रहनेछ । यद्यपि घरेलु समस्याले काममा केही अवरोध आउन सक्छ । बौद्धिक कामबाट आर्थिक लाभ मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्यमा समस्या आउन सक्छ । अरूको भर पर्दा धोका हुन सक्छ । समय विशेष राम्रो छैन, गलत निर्णयको सम्भावना छ । विलासी र सुखद जीवनशैलीमा समय बित्नेछ । सरकार वा राज्यको तर्फबाट लाभ मिल्न सक्छ । तर मानसिक तनावका कारण परिवारमा मनमुटावको सम्भावना देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आमाबाट प्राप्त धनको सही उपयोग गर्दा लाभ मिल्नेछ । केही काम असफल हुन सक्छन्, सतर्क रहनुहोस् । घरेलु समस्याले पिरोल्न सक्छ । टाढाको यात्रा सम्भावना छ । पढाइमा प्रगति हुनेछ । सोचेजस्तै सफलता र उन्नतिको अवसर मिल्ने दिन हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल