alliance khabar

शुक्रबार, आषाढ २०, २०८२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन आर्थिक कारोबारका लागि अनुकूल देखिन्छ । आफन्तहरूसँग भेटघाटको अवसर प्राप्त हुनेछ । धार्मिक गतिविधिमा संलग्न भई समाजसेवा तथा शुभ कर्ममा समय बित्नेछ । बौद्धिक क्षमताको सही उपयोग गर्न सकिनेछ । तर, गलत व्यक्तिको विश्वासमा परिंदा धोका हुने सम्भावना छ, त्यसैले सतर्क रहनुहोस् । सवारी साधन र धारिलो वस्तुको प्रयोगमा विशेष सावधानी अपनाउनुहोस् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिवारजन वा साथीभाइसँग मनमुटाव हुने सम्भावना छ । धेरै मिहिनेत गरेपनि अपेक्षाकृत कम लाभ मिल्न सक्छ । घर जग्गा सम्बन्धी विवाद र आमाको स्वास्थ्यमा समस्या देखिन्छ, विशेष सतर्कता आवश्यक छ । काममा अनाहकको बाधा वा हस्तक्षेप हुने संकेत छ । आर्थिक संकटको अनुभव हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रोजगारीको राम्रो अवसर मिल्नेछ, पदोन्नतिको सम्भावना पनि देखिन्छ । व्यवसायमा सकारात्मक परिवर्तन आउनेछ । समाजसेवा र परोपकारी कार्यमा रुचि बढ्नेछ । प्रतिस्पर्धात्मक माहोलमा काम गर्नु परेपनि सफलता मिल्नेछ । रिस वा अहंकारले अवसर गुम्ने सम्भावना भएकाले संयम अपनाउनु राम्रो हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शैक्षिक तथा बौद्धिक क्षेत्रमा प्रगति हुने दिन हो । अनपेक्षित ठाउँबाट आर्थिक लाभ मिल्न सक्छ । नयाँ व्यवसाय वा योजना सुरु गर्ने अनुकूल समय छ । विद्यार्थीका लागि विशेष फलदायी दिन हुनेछ । तर, आफ्नै कमजोरीले परिवारमा असन्तोष उत्पन्न हुन सक्छ । जीवन साथीलाई स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साथीभाइ तथा सहयोगीको राम्रो साथ पाइनेछ । केही पारिवारिक असमझदारी देखिए पनि शिक्षा र साझेदारीमा लाभ मिल्नेछ । घर भित्र सामान्य विवादको सम्भावना छ । सावधानी नअपनाए जरिवाना तिर्नुपर्ने अवस्था आउन सक्छ । महत्वपूर्ण वस्तु गुम्न सक्ने भएकाले सचेत रहनुहोस् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
केही काममा अवरोध आउनेछ, विरोधको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी समस्या, विशेष गरी नसा, घुँडा वा जोर्नीको समस्या देखिन सक्छ । अनावश्यक खर्च र ऋण बढ्न सक्छ । सामाजिक तथा राजनीतिक प्रभाव कमजोर बन्नेछ । परिस्थिति बुझ्न नसक्दा पछाडि पर्न सकिन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
पढाइमा राम्रो सफलता मिल्नेछ । यात्राबाट लाभ हुने सम्भावना छ । काममा उत्साह जाग्नेछ । जागिरमा पदोन्नति तथा व्यापारमा फाइदा हुनेछ । वैवाहिक जीवनमा मिठास रहनेछ । कडा मेहनतको फलस्वरूप राम्रो उपलब्धि हात लाग्नेछ । नयाँ व्यवसाय सुरु गर्न पनि उपयुक्त समय हो ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सन्तानबाट सुख र फाइदा मिल्नेछ । रोकिएका कामहरू पुन: सुरु हुनेछन् । वैवाहिक जीवनमा प्रेम र समझदारी बढ्नेछ । टाढाको यात्रा सफल हुनेछ । धार्मिक र सामाजिक कार्यमा सक्रियता देखिनेछ । परिवारजनको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिष्ठामा आँच आउन सक्छ, कसैको प्रभावमा परी अनावश्यक यात्रा हुन सक्छ । तर, कृषि कार्य, पशुपालन तथा स्थायी सम्पत्तिमा लाभ मिल्नेछ । बाह्य यात्रामा असहजता हुन सक्छ । साझेदारी तथा कृषि क्षेत्रमा सामान्य फाइदा हुनेछ । विवाद टार्न विवेकपूर्ण निर्णय गर्नु राम्रो हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लगानीमा अपेक्षित लाभ नआउने र साझेदारसँगको सम्बन्धमा समस्या देखिन सक्छ । निजी व्यवसाय तथा कृषिमा मिहिनेत गरेपनि उपलब्धि सीमित रहनेछ । विपरित लिंगी प्रति आकर्षण बढ्न सक्छ । प्रेम र मित्रता बलियो बन्ने सम्भावना छ । तर, अनावश्यक कुरामा चासो राख्दा मानसिक तनाव आउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
भूमि, घर वा सवारी साधन प्राप्तिको योग छ । तर, अनावश्यक खर्च, ऋण र चोट पटकको सम्भावना पनि रहेकोले सतर्क रहनुहोस् । बोलीले विवाद निम्त्याउन सक्छ । आर्थिक अभावको अनुभव हुन सक्छ । शुभचिन्तकहरूको सहयोगले चुनौती पार गर्न सकिनेछ । पेट सम्बन्धी समस्या देखिन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आम्दानीमा सुधार आउनेछ । कृषि तथा पशुपालनबाट सामान्य फाइदा मिल्नेछ । प्रयास गरेमा नयाँ रोजगारी प्राप्त हुन सक्छ । जागिरेहरूको लागि पदोन्नतिको अवसर छ । केही कठिन परिस्थितिसँग सम्झौता गर्नुपरेपनि निरन्तरता र लगनशीलताले सफलता प्राप्त हुनेछ । तर, स्थायी सम्पत्ति सम्बन्धी विवादको सम्भावना पनि देखिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल