alliance khabar

बिहिबार, आषाढ १९, २०८२

कालीकोट, असार १९ गते ।

कालीकोट जिल्लाका नौ स्थानीय तहको इन्धनमा एक वर्षमा दुई करोडभन्दा बढी खर्च भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाको इन्धन खर्च मात्र ४८ लाख ५१ हजार २३२ रुपियाँ छ । सान्नीत्रिवेणी गाउँपालिकाले विभिन्न सवारीसाधन खरिदमा ३४ लाख ५० हजार १५० रुपियाँ खर्च गरेको छ । यो सवारीसाधन खरिदको कुनै पनि प्रमाण राखिएको छैन । सम्पत्ति हस्तान्तरणसम्बन्धी निर्देशिका २०७४ को निर्देशन नम्बर ५.१५ अनुसार सङ्घीय सरकारबाट हस्तान्तरण बजेटबाट सवारीसाधन खरिद गर्न नपाउने उल्लेख भए पनि स्थानीय तहले मनलाग्दी सवारीसाधन खरिद गरिरहेका छन् ।

इन्धन खर्चमा दोस्रो नम्बरमा खर्च गर्ने नरहरिनाथ गाउँपालिका देखिएको छ । नरहरिनाथ गाउँपालिका ३९ लाख ९९ हजार ६०५ रुयिाँको इन्धनमा खर्च गरेको महालेखा पीरक्षकको प्रतिवेदनमा उल्लेख छ । तिलागुफा नगरपालिकाले इन्धनमा मात्र २० लाख ६० हजार ६१ रुपियाँ र गाडी मर्मतमा १८ लाख १८ हजार ९२९ रुपियाँ खर्च गरेको छ । रास्कोट नगरपालिकाले २८ लाख २० हजार ५७७ रुपियाँ सवारीसाधन मर्मत शीर्षकमा खर्च गरेको छ । जुन नगरका दुई वटै गाडी दुई वर्षदेखि ग्यारेजमा राखिएका छन् भने नगरप्रमुख धर्मराज शाही स्कोरपियो गाडी भाडामा लिएर चढ्दै आउनुभएको छ । विविध शीर्षकमा रास्कोटले ५४ लाख ६५ हजार छ सय रुपियाँ खर्च गरेको छ ।

यस्तै महाबै गाउँपालिकाको इन्धन खर्च २७ लाख ६७ हजार ९७१ रुपियाँ खर्च गरेको छ । यो खर्च आर्थिक वर्ष २०८०/८१ को हो । पचाल झरना गाउँपालिकाले इन्धनमा चार लाख ४० हजार ९८० खर्च गरे पनि यसको सट्टा कार्यालय व्यवस्थापन मसलन्द खर्चमा ३० लाख २७ हजार ७८५ रुपियाँ खर्च गरेको छ ।

महालेखाको प्रतिवेदन अनुसार पलाँता गाउँपालिकाको इन्धनमा १३ लाख ८० हजार ४२९ रुपियाँ खर्च भएको उल्लेख छ भने गाउँ सभामा छ लाख ३२ हजार र विविध शीर्षकमा ४० लाख गरी बिनाउत्पादनमा ६० लाख १२ हजार ४२९ रुपियाँ खर्च भएको छ । शुभकालिका गाउँपालिकाले सङ्घ सरकारको निर्देशनविपरीत एक बोलेरो खरिद गरी ३१ लाख ७४ हजार खर्च गरेको छ भने इन्धनमा २२ लाख १६ हजार ९२१ रुपियाँ खर्च गरेको छ । जिल्लाको सदरमुकाम रहेको खाँडाचक्र नगरपालिकाले इन्धनमा १९ लाख ३० हजार ६०३ रुपियाँ खर्च गरेको छ भने गाडी मर्मतमा भने विकास गरेको छ ।

खाँडाचक्रको एउटा गाडी बा २ झ ३९७२ नम्बरको गाडी मर्मत मात्र एक वर्षको १६ लाख २७ हजार ९१९ रुपियाँ छ । अर्को गाडी कर्णाली प्रदेश ०२–००१ झ नम्बरको गाडीको मर्मत आठ लाख १३ हजार ५८८ रुपियाँ छ । इन्धनमा खर्च कम गरे पनि गाडी मर्मतमा भने मनलाग्दी भएको छ । खाँडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जसीप्रसाद चौलागाईंले आफू भर्खर मात्र जिम्मेवारीमा आएकाले अगाडिको विषय जानकारी नभएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल