alliance khabar

बिहिबार, आषाढ १९, २०८२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँ कामको थालनी गर्न उपयुक्त समय हो । काममा जोश र उत्साह बढ्नेछ । सोचेजस्तै कामहरू सजिलै सम्पन्न हुनेछन् । इच्छा शक्ति बलियो बन्नेछ, पढाइमा पनि प्रगति देखिन्छ । विपरित लिङ्गीको सहयोगले मन प्रसन्न हुनेछ र कार्यक्षमतामा वृद्धि हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको दिन सावधानी अपनाउनुपर्नेछ । अनावश्यक डर, विवाद, र झगडाको सम्भावना देखिन्छ । पेशागत काममा समस्या आउन सक्छ भने घरपरिवारमा पनि केही मनमुटाव देखा पर्न सक्छ । शारीरिक प्रतिस्पर्धामा मन तानिए पनि सफलता हात लाग्ने सम्भावना कम छ, समयको सदुपयोगमा ध्यान दिनुहोस् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज मनमा दुविधा रहनेछ । सामाजिक क्षेत्रमा नाम र प्रतिष्ठा बढ्नेछ। व्यापार र जागिरमा दिन सामान्य रहनेछ । तर नयाँ कामको सुरुवातका लागि अनुकूल समय होइन । व्यापारमा घाटा हुन सक्ने सम्भावना छ, सजग रहनुहोस् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चल-अचल सम्पत्तिको कारोबार हुने दिन हो । वैवाहिक जीवन सुखद रहनेछ, पाहुनाको आगमन र यात्राको पनि सम्भावना छ । प्रेम र मित्रताको सम्बन्ध प्रगाढ बन्नेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुने योग रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिश्रम अनुसार उपलब्धि प्राप्त हुनेछ । रोकिएका कामहरू पुन: सुरु हुन सक्छन् । व्यापारिक वा दैनिक कार्य सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । विदेशबाट आर्थिक लाभ मिल्न सक्छ । परोपकारमा रुचि बढ्नेछ र साथीहरूसँग भेटघाटको अवसर मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
खर्च बढ्ने योग छ, त्यसैले खर्च गर्दा होश पुर्याउनुहोस् । स्वास्थ्यमा असर पर्न सक्छ, खानपानमा सजक रहनुहोस् । पारिवारिक समस्याले तनाव दिन सक्छ । सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनुहोस् । विबाद र शत्रुको प्रभाव पनि देखिन्छ, सतर्क रहनुहोस् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धन लाभको राम्रो योग छ । पढाइमा प्रगति हुनेछ र दिन रमाइलो रहनेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयास गरेका कामहरू ढिलो भएपनि सफल हुनेछन् । उच्च व्यक्तिसँग भेटघाट र समर्थन प्राप्त हुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आयआर्जन राम्रो हुनेछ । नयाँ काम गर्न परिवारजनको सहयोग र सल्लाह पाइनेछ । नयाँ साथी बन्ने र रमाइलो यात्राको योग छ । कामको सफलताले थप प्रेरणा मिल्नेछ । पुराना अधुरा कामहरू पनि आज पूरा हुने सम्भावना छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिन रमाइलो, हाँसखेल र भ्रमणमा बित्नेछ । सुखद यात्राको योग छ । कृषिबाट विशेष लाभ मिल्ने सम्भावना छ । यद्यपि, नयाँ कामको थालनी नगरेकै राम्रो हुन्छ । लेनदेनका काममा पनि सतर्कता अपनाउनु राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यमा गडबडी आउन सक्छ, खानपानमा विशेष ध्यान दिनुहोस् । टाढाको यात्रा नगर्नु नै राम्रो हुन्छ । अरूको भर पर्दा धोका हुन सक्छ । अनावश्यक खर्चले आर्थिक बोझ बढ्न सक्छ । प्रेम सम्बन्धमा पनि विश्वासघातको सम्भावना देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आमाबाट आएको धनको सदुपयोग गरी लाभ लिन सकिनेछ । तर, बन्न लागेको काम अचानक विग्रन सक्छ । ठूलो सहयोगको आशा राख्नेहरूसँग धोका पाउन सकिन्छ, सचेत रहनुहोस् । यद्यपि, सोचेजस्तै सफलताका अवसर पनि मिल्नेछन्, जसले मनमा खुसी ल्याउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कमाइ अपेक्षित रूपमा हुने दिन हो । पढाइमा प्रगति हुनेछ, सन्तान पक्षबाट सुखद समाचार प्राप्त हुनेछ । खर्चभन्दा कमाइ बढी हुनेछ । वैदेशिक लगानी लाभदायक बन्न सक्छ । कृषिमा बढी परिश्रम र लगानी गर्नुपर्ने देखिए पनि सकारात्मक परिणाम मिल्नेछ । परिवारजनका इच्छाहरू पूरा गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल