alliance khabar

मंगलबार, आषाढ १७, २०८२

काठमाडौँ, असार १७ गते ।

 नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ९२ पैसा र बिक्रीदर १३७ रुपियाँ ५२ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ५९ पैसा र बिक्रीदर १६१ रुपियाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ७२ पैसा र बिक्रीदर १८८ रुपियाँ ५५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ ८४ पैसा र बिक्रीदर १७२ रुपियाँ ५९ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ४६  पैसा र बिक्रीदर ८९ रुपियाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ १५ पैसा र बिक्रीदर १०० रुपियाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ४६ पैसा र बिक्रीदर १०७ रुपियाँ ९३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४९ पैसा र बिक्रीदर नौ रुपियाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ११ पैसा र बिक्रीदर १९ रुपियाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ५१ पैसा र बिक्रीदर ३६ रुपियाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५७ पैसा र बिक्रीदर ३७ रुपियाँ ७३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २१ पैसा र बिक्रीदर चार रुपियाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २८ पैसा र बिक्रीदर ३७ रुपियाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ५१ पैसा र बिक्रीदर ३२ रुपियाँ ६५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १० पैसा र बिक्रीदर १० रुपियाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४२ पैसा र बिक्रीदर १४ रुपियाँ ४९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ५२ पैसा र बिक्रीदर २१ रुपियाँ ६२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ४४ पैसा र बिक्रीदर १७ रुपियाँ ५२  पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपियाँ ८५ पैसा र बिक्रीदर ४४९ रुपियाँ ८१ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ ९२ पैसा र बिक्रीदर ३६४ रुपियाँ ५१ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपियाँ ६२ पैसा र बिक्रीदर ३५७ रुपियाँ १८ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल