alliance khabar

सोमबार, आषाढ १६, २०८२

कल्याणपुर (सप्तरी), असार १६ गते । 

सुन्दर सपना र घरपरिवार पाल्ने जिम्मेवारी बोकेर वैदेशिक रोजगारका लागि गएका २४ जना युवा सम्झनामा सिमित भएका छन् । देशमा रोजगारीको अवसर नपाएर घरको आर्थिक अभाव टार्ने विकल्पको रुपमा विदेशिएका सप्तरीका २४ जना युवा अब सम्झनामा मात्रै रहेका हुन् ।

वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका उनीहरुमध्ये कोही बासकमा फर्किए भने कोहीको अहिलेसम्म सम्पर्कमा आएका छैन । आर्थिक वर्ष २०८१/८२ को जेठसम्ममा सप्तरीबाट १७ हजार एक सय २२ जना वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन् ।

जसमा १६ हजार आठ सय ९३ पुरुष र दुई सय २९ महिला छन् । यसमध्ये २४ जनाको मृत्यु भएको छ भने पाँच सय ९४ जना ठगीमा परेका छन् ।

वैदेशिक रोजगारकै क्रममा ज्यान गुमाउनेहरुमा सप्तरीको खडक नगरपालिका, तिरहुत गाउँपालिका र रुपनी गाउँपालिकाका तीन–तीन जना छन् । यस्तै डाक्नेश्वरी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, कंचनरुप नगरपालिका, महादेवा गाउँपालिका र बलान बिहुल गाउँपालिकाका दुई–दुई तथा राजविराज नगरपालिका, सप्तकोशी नगरपालिका, शम्भुनाथ नगरपालिका, राजगढ गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक–एक जना नेपाली युवाले विदेशी भूमीमा ज्यान गुमाएको सुरक्षित आप्रवासन (सामी) का जिल्ला कार्यक्रम संयोजक राजेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।

राजविराज नगरपालिकाले सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका लागि आयोजना गरेको पत्रकाहरुसँगको अन्तरक्रिया कार्यक्रममा चालु आर्थिक वर्षको तथ्याङ्क प्रस्तुत गर्नुहुँदै उहाँले यस जिल्लाबाट वैदेशिक रोजगारीका नाममा विभिन्न व्यक्ति, एजेन्ट र म्यानपावर कम्पनीहरुबाट पाँच सय ९४ ठगीमा परेको बताउनुभयो ।

“ठगीमा परेको मध्ये आप्रवासी केन्द्रको पहलमा दुई सय ४१ जनालाई न्याय दिलाउन सफल भएको र बाँकीका हकमा समेत आवश्यक पहल भइरहेको छ’’ संयोजक यादवले भन्नुभयो ।

यो तथ्याङ्कले सप्तरी मात्र नभई वैदेशिक रोजगारमा देशभरीबाट गएको युवाहरुको पीडाको प्रतिविम्ब भएको उहाँको भनाइ छ ।
गत आर्थिक वर्ष २०८०/०८१ मा सप्तरीबाट रोजगारीका लागि एक सय ६३ महिला र १२ हजार तीन सय ९४ पुरुष गरी कुल १२ हजार पाँच सय ५७ जना विदेशिएका थिए ।

देशमा रोजगारीको अवसर नहुँदा प्रत्येक वर्ष नेपाली युवाजनशक्ति विदेशीने क्रम बढ्दै गएको कार्यक्रम संयोजक यादव जानकारी दिनुभयो । उहाँले स्वदेशमै रोजगारीको अवसरमा सिर्जना गर्न तथा वैदेशिक रोजगारीमा जाने नै भए सहि सूचना तथा सीप सिकेर मात्र जानु पर्ने वातावरण सिर्जनाका लागि केन्द्रले काम गरिरहेको स्पष्ट पार्नुभयो ।

सञ्चारकर्मीहरुले यस्ता समस्यालाई प्राथमिकता दिएर कलम चलाई दिएकै कारण वैदेशिक रोजगारीका क्रममा ठगिएका र अलपत्र परेका धेरै पीडितले राहत पाएको भन्दै भविष्यमा यस्ता विषयहरुलाई प्राथमिकता दिन सञ्चारकर्मीहरुले भूमिका खेल्नु पर्नेमा जोड उहाँले जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल