alliance khabar

आइतबार, आषाढ १५, २०८२

बेइजिङ, असार १५ गते।

चीनको राजधानी बेइजिङमा आयोजित ट्रेड फेस्टको कार्यक्रमका अवसरमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले त्यहाँ रहेका नेपाली समुदायसँग भेटघाट गर्दै नेपालमा ऊर्जा क्षेत्रमा लगानीका लागि आह्वान गर्नुभएको छ।

भेटघाटका क्रममा सम्बोधन गर्दै मन्त्री खड्काले नेपाललाई जलस्रोतको धनी देशका रूपमा प्रस्तुत गर्दै ऊर्जा उत्पादन तथा निर्यात सरकारको मुख्य प्राथमिकता भएको स्पष्ट पार्नुभयो ।

“सरकारले सन् २०३५ सम्म २८,५०० मेगावाट जलविद्युत उत्पादन र १५,००० मेगावाट विजुली निर्यात गर्ने लक्ष्य राखेको छ,” उहाँले बताउनुभयो ।

उहाँले मन्त्रालयबाट हालै सार्वजनिक गरिएको ऊर्जा विकास मार्गचित्र २०८१ को सन्दर्भमा उल्लेख गर्दै, दीर्घकालीन योजना र पारदर्शी नीतिका आधारमा ऊर्जा पूर्वाधार विकास अघि बढिरहेको जानकारी दिनुभयो।

“आफ्नो माटोप्रति माया गर्ने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई अबको समृद्धि अभियानमा साथ दिनुहोस्, लगानी गर्नुहोस्,” भन्दै उहाँले विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई नेपालको ऊर्जा क्षेत्रको सम्भावनामा विश्वास गरी योगदान दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “सरकारले लगानीमैत्री वातावरण बनाइसकेको छ। अब हामी सबै मिलेर देश बनाउनेतर्फ लाग्नुपर्छ।”

उहाँले ट्रेड फेस्टमार्फत नेपाल र चीनबीच द्विपक्षीय आर्थिक सहकार्यको सम्भावनामा थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल