alliance khabar

आइतबार, आषाढ १५, २०८२

बागलुङ (गलकोट), असार १५ गते 

प्रतिनिधि सभाका पूर्व सदस्य गोविन्दप्रसाद शर्मा कंडेलको आइतबार बिहान निधन भएको छ । चितवनस्थित छोरीको घरबाट स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जाने तयारी गर्दैगर्दा उहाँको निधन भएको परिवारका सदस्यले बताउनुभयो ।

२०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं १ मा नेपाली कांग्रेसको तर्फबाट विजयी कंडेल प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा सादगी र इमानदार नेताका रूपमा परिचित हुनुहन्छ । बहुदलीय व्यवस्था प्राप्तिको आन्दोलनमा निरन्तर क्रियाशील कँडेल नेपाली कांग्रेस बागलुङका पूर्व सभापति हुनुहुन्छ । २०४६ सालको आन्दोलनका क्रममा जेल परेका कंडेल बहुदलपछि पार्टी सभापति र सांसद बन्नुभएको थियो ।

१९९५ साल पुस १० गते काठेखोला गाउँपालिका वडा नं ६ बिहुँकोटमा जन्मनु भएका शर्माको शव आइतबार जन्मस्थल बिहु ल्याउने र सोमबार अन्त्येष्टि गरिने छोरा नविन कंडेलले जानकारी दिनुभयो । स्वर्गीय कंडेलकी धर्मपत्नी विष्णुदेवी कँडेलको दुई वर्ष पहिले निधन भएको थियो । कँडेलका दुई छोरा र एक छोरी  छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल