alliance khabar

मंगलबार, आषाढ १०, २०८२

कास्की, असार १० गते।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सत्य , तथ्य र प्रमाणमा आधारित पत्रकारिता हुनुपर्ने बताउनुभएको छ।

पोखरामा आयोजित ‘सूचना मागौं : भ्रष्ट्राचार अन्त्य गरौं’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले पत्रकारहरूले कम्तिमा पनि समाचार लेख्दा सत्य , तथ्य र प्रमाणमा आधारित भएर सरकारका राम्रा र नराम्रा पक्ष उजागर गर्नुपर्नेमा जोड दिनुभयो । पत्रकारिताले लोकतन्त्रलाई मजबुत बनाउने भूमिका खेल्ने भन्दै मुख्यमन्त्री पाण्डेले पत्रकारहरूलाई जिम्मेवार भएर लेख्न आग्रह गर्नुभयो।

कार्यक्रममा सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमिद वागचनले पत्रकारिता आस्था र विचारभन्दा माथि उठीसमाजका विकृति, विसङ्गति र बेथिति विरुद्ध निर्भिकताका साथ कलम चलाउनु पर्नेमा जोड दिनुभयो।

सूचनाका हकका लागि राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष तारा बहादुर भण्डारीले कार्यक्रममा बोल्दै नागरिकलाई जुनसुकै कार्यालयको सूचना माग्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको बताउनुभयो । सूचना मागेर मात्र भ्रष्टाचार नियन्त्रण सम्भव हुने भन्दै उहाँले प्रमाणमा आधारित पत्रकारिताको अभ्यास गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उच्च अदालत बार एशोसिएसन पोखराका अध्यक्ष शलिग्राम भट्टराई, नागरिक समाजका प्रतिनिधि आनन्दराज मुल्मी लगायतले पत्रकारिताले सत्य, तथ्य र प्रमाणलाई आधार बनाएर समाचार सम्प्रेषण गर्नुपर्ने धारणा राख्नुभएको थियो । प्रेस रजिष्टार बिमला भण्डारीले  सूचना के हो ? र  समाचार के हो ? भन्ने छुट्याएर नागरिक केन्द्रित र सन्तुलित रिपोर्टिङको आवश्यकता औल्याउनुभयो । उहाँले सकारात्मक सन्देश प्रवाह हुने गरी जनताको आवाज उठाउने पत्रकारिता हुनुपर्ने बताउनुभयो ।

 

वरिष्ठ पत्रकार नारायण कार्कीले सत्य, तथ्य, अनुसन्धानमूलक, उत्तरदायी र सन्तुलित पत्रकारिता समाज र राष्ट्रका लागि अपरिहार्य रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले नागरिकका पक्षमा कलम चलाउनु पत्रकारको प्रमुख दायित्व भएको उल्लेख गर्नुभयो ।

महासंघका महासचिव पूर्णप्रसाद मिश्रले कार्यक्रम सहजीकरण गर्नुभएको थियो । कार्यक्रम सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरवार र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखराको आयोजनामा भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल