alliance khabar

मंगलबार, आषाढ १०, २०८२

काठमाडौँ, असार १० गते । 

नेपाल औषधी आयातकर्ता संघ (मियान)को अध्यक्ष पदमा पवन आचार्य निर्वाचित हुनुभएको छ । संघको आठौँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट आचार्यको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । यसअघि आचार्य संघको महासचिव पदमा कार्यरत हुनुहुन्थ्यो ।

यस्तै, अधिवेशनबाट संघको उपाध्यक्षमा पृथ्वीराज वैद्य र सुमन कयाल निर्वाचित हुनुभयो । महासचिव पदमा मधु पौडेल, सचिव पदमा सुरेश अग्रवाल र कोषाध्यक्ष पदमा सन्दीप खनाल निर्वाचित हुनुभएको छ । यस्तै कार्यसमिति सदस्यहरुमा मुकुन्द राजभण्डारी, सुशीलकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, ख्वाजा तारिक राना, निरजकुमार झा, शितोष शाह निर्वाचित हुनुभएको छ ।

यसैगरी, डा. आनन्दा राजभण्डारी, सुरज टिवटिवाल, राज किशोर, आनन्द चौधरी, चन्द्रशेखर रूङ्टा र डा अब्बुल हुसेन अन्सारी  निर्वाचित हुनुभयो । थप एक जना सदस्य भने अध्यक्षले मनोनित गर्नुहुनेछ  । नयाँ कार्यसमितिको पदावधी तीन वर्षको हुनेछ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले औषधीको गुणस्तरलाई प्राथमिकतामा राखेर कारोबार गर्न आयातकर्ताहरुलाई सुझाव दिनुभयो । उहाँले औषधीको मूल्यका सन्दर्भमा जनतालाई केन्द्रविन्दुमा राखेर नै निर्णय गर्नुपर्ने पक्षमा सरकार रहेको बताउनुभयो ।

उहाँले आयातकर्ताहरुले विगतमा महामारी, दैविप्रकोप, महाविपत्तीका बेलामा गरेको योगदानको स्मरण गर्दै औषधी अभाव हुन नदिनका गरेको कार्यको समेत बताउनुभयो ।

कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले सरोकारवालाको कुरा नसुनी एकपक्षीय रुपमा औषधीको मूल्य सम्बन्धी तयार गरिएको प्रतिवेदन आफैँमा अपारदर्शी र न्यायोचित नदेखिएको आरोप लगाउनुभयो । उहाँले प्रतिवेदनले चिकित्सक बर्गलाई बदनाम गर्न खोजिएको, औषधीको मूल्य बढाउने तत्व चिकित्सक भएको जस्तो गरी देखाइएको बताउनुभयो ।

औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिवेदनको बचाउँ मात्रै गरेनन्, अनावश्यक र आधारहीन रुपमा औषधी आयातका लागि दबाब दिने काम भएको आरोप लगाउनुभयो । उहाँले प्रतिवेदनमा भएका कुराहरुलाई कार्यान्वयन गराउनु पर्ने पक्षमा आफू रहेको बताउनुभयो ।

कार्यक्रममा मियानका महासचिव मधु पौडेल, नेपाल औषधी उत्पादक संघका उपाध्यक्ष सन्तोष बराल, आयुर्वेदिक औषधी उत्पादक संघका अध्यक्ष सुमन पाण्डे, नेपाल औषधी थोक व्यवसायी संघका अध्यक्ष गणेश नेपाल, आयुर्वेदिक औषधी व्यवसायी रामचन्द्र बुढाथोकी लगायतले औषधी क्षेत्रका समस्या, राज्यले चाल्नुपर्ने नीतिकाबारेमा मन्तल्य व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल