alliance khabar

शनिबार, जेठ २४, २०८२

काठमाडौँ, जेठ २४ गते ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुराना ऐन परिमार्जन गरेर नयाँ स्वास्थ्य ऐन ल्याउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले लामो समयदेखि परिमार्जन हुन नसकेका तथा स्वास्थ्य क्षेत्रका समस्या सम्बोधन गर्न नयाँ ऐन तथा नीति निर्माणको काम अघि बढाउनुभएको हो । स्वास्थ्य सेवाका कर्मचारीको सेवा सुविधा सम्बन्धमा बनेको २०५३ सालको पुरानो ऐनको स्थानमा नयाँ स्वास्थ्य सेवा ऐन ल्याउने तयारी गरे अनुसार मन्त्रालयले काम अघि बढाइरहेको छ ।

यसैबिच बालबालिकाका निमित्त गैरसरकारी संस्थाको महासङ्घ नेपालले शुक्रबार आयोजना गरेको ११ औँ राष्ट्रिय महाधिवेशन तथा २५ औँ साधारण सभाबाट निर्वाचित भएका कार्यसमिति सदस्यलाई पदभार हस्तान्तरण तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । स्वास्थ्यमन्त्री पौडेलले बालबालिकालाई मौलिक र परम्परागत विषय हस्तान्तरण गर्न नसक्दा पहिचान गुम्ने खतरा बढ्दै गएको बताउनुभयो ।

महासङ्घका पूर्ववरिष्ठ उपाध्यक्ष डिल्लीराम गिरीले महासङ्घले विगत तीन दशकदेखि देशैभर रहेका बालबालिकाको क्षेत्रमा काम गर्दै आएको जानकारी दिँदै अन्याय र चुनौतीमा रहेका, श्रम खेप्दै आएका, बालविवाह, बालबालिका बेचबिखन, अपाङ्गता, बालमजदुरलगायतका चुनौतीसँग महासङ्घ समाधानका लागि जुघ्दै आइरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल