alliance khabar

आइतबार, जेठ ११, २०८२

नेपालगन्ज, जेठ ११ गते ।

 नेपालगन्जमा रहेका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्यजन्य फोहोर जथाभाबी फाल्दा र सामान्य फोहोरमा सो फोहोर मिसाउँदा सरसफाइकर्मी सङ्क्रमणको अत्यधिक जोखिममा रहेका छन् । नेपालगन्ज उपमहानगरका विभिन्न शाखाका संयोजक र अस्पताल तथा स्वास्थ्य संस्थाको सहभागितामा सम्पन्न भएको सार्वजनिक निजी साझेदारी मञ्चको बैठकका सहभागीले सो जोखिम औँल्याएका हुन् ।

बैठकमा बोल्दै नेपालगन्ज उपमहानगरको भौतिक पूर्वाधार समितिका संयोजक वसन्त कनौजियाले अस्पतालबाट स्वास्थ्यजन्य फोहोर सही तरिकाले छुट्याउने अभ्यास कमजोर रहेका कारण साधारण फोहोरमा जोखिमपूर्ण र सङ्क्रमित फोहोर मिसिएर पठाउने गरिएकाले सरसफाइकर्मीलाई सुई घोपिने र सङ्क्रमण हुने जोखिम उच्च रहेको बताउनुभयो ।

उहाँले यो समस्या गम्भीर रहेको र यसले गर्दा धेरैको जीवन नै जोखिममा रहेका कारण यस्तो समस्यालाई नियमन गर्न एउटा छुट्टै निरीक्षण टोली बनाउनुपर्ने माग गर्नुभयो ।

नेपालगन्ज उपमहानगरका वातावरण इन्जिनियर प्रकाश डिसीले स्वास्थ्यजन्य फोहोरलाई व्यवस्थापन गर्ने कार्यमा सुधार गर्दै गइरहेको र त्यसलाई उदाहरणीय बनाउन सम्पूर्ण स्वास्थ्य संस्थाले हातेमालो गर्न आवश्यक रहेको बताउनु यो । नेपालगन्जको स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले यहाँ स्वास्थ्यजन्य फोहोर जथाभाबी फाल्ने अभ्यास देखिएकाले उपमहानगरले यस्ता गलत अभ्यासलाई नियन्त्रित गर्न कडा जरिबाना गरेको हुँदा त्यसमा अझै कडाइ गर्नुपर्ने बताउनुभयो ।

वातावरण तथा विपत् व्यवस्थापन समितिका संयोजक तथा वडा नम्बर ६ का वडाध्यक्ष समीरप्रताप सिंहले सरसफाइकर्मीको समस्यालाई ध्यान दिन आवश्यक रहेको बताउँदै स्वास्थ्यजन्य फोहोर व्यवस्थापन सही तरिकाले गर्न लगाउनुपर्ने बताउनुभयो ।

वाल्मीकि समाज बाँकेका अध्यक्ष जगदीश वाल्मीकिले जोखिमपूर्ण स्वास्थ्यजन्य फोहोर जस्तै रगत भएको पट्टी, सङ्क्रमित सुई, सिसाले सरसफाइकर्मीलाई  घोपिने, चोटपटक लाग्ने, सङ्क्रमण हुने जोखिम उच्च रहेकाले सोतर्फ सबै गम्भीर हुनुपर्ने बताउनुभयो ।

सहभागीले सरसफाइकर्मीको पेसागत र वातावरणीय जोखिमलाई न्यूनीकरण गरी स्वास्थ्य सुनिश्चित गर्ने उद्देश्यले स्वास्थ्यजन्य फोहोरमा काम गर्ने सरसफाईकर्मीलाई स्वास्थ्यजन्य फोहोरबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न अस्पतालमा स्वास्थ्यजन्य फोहोर सही तरिकाले छुट्याउन लगाउनुपर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल