alliance khabar

आइतबार, जेठ ११, २०८२

दाङ, जेठ ११ गते ।

सानो सानो एकैनासका घर लहरै एउटै लाइनमा छन् । खरले छाएको तर छाना कुहिएर पानी चुहिने भएको छ । माटाको भित्ताले बेरिएको घरका भित्ता भ्वाङ परेका छन् । आँगन घाँस र झाडीले भरिएको छ ।

१७ वर्षअगाडि स्थापना भएको घोराही उपमहानगरपालिका–७, सिसहनियास्थित नमुना थारूग्राम अहिले जीर्ण बनेको छ । थारू समुदायको पहिचान झल्काउने उद्देश्यले तत्कालीन जिल्ला विकास समितिले स्थापना गरेको नमुना थारूग्राम अहिले जीर्ण बनेको हो । थारूग्राम सञ्चालन समितिका पूर्वअध्यक्ष बेझलाल थारूले राज्यले सहयोग नगर्दा थारूग्राम जीर्ण बनेको नमुना बताउनुभयो ।

उहाँले थारूग्राम स्थापना भएको करिब पाँच/छ वर्ष राम्रोसँग सञ्चालनमा आए पनि आर्थिक अभावका कारण बन्द भएको बताउनुभयो । थारू जातिको परम्परागत घर, उनीहरूले प्रयोग गर्दै आएका भाँडाकुँडा, वेशभूषा, कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले तत्कालीन जिविसले तीन लाख १५ हजार रुपियाँ खर्च गरेर नमुना थारूग्राम स्थापना गरेको थियो । पूर्वअध्यक्ष थारूले करिब पाँच बिघा क्षेत्रफलमा स्थापना भएको उक्त थारूग्रामसँग सङ्ग्रहालय स्थापना गरेर थारू जातिको परम्परागत पाँच वटा घर निर्माण गरेको बताउनुभयो ।  उहाँले स्थानीय सरकारले संरक्षण र सञ्चालनमा ध्यान नदिँदा अहिले अलपत्र परेको बताउनुभयो । यस्तै उहाँले आफ्नो संस्कृतिप्रति युवापुस्ताले चासो नदिँदा नमुना थारूग्रामको पूर्वाधार अलपत्र अवस्थामा पुगेको उहाँको भनाइ छ । थारू समुदायको मौलिक घर, कला र संस्कृतिको संरक्षणका लागि सुरुवाती चरणको काम राम्रो भए पनि पछिल्लो समयमा सरकारले चासो नदिँदा नमुनाग्राम सङ्कटमा परेको हो ।

उहाँका अनुसार थारू समुदायको परम्परागत घर निर्माणसँगै भित्तामा थारू जातिसँग सम्बन्धित विभिन्न चित्रसमेत निर्माण गरिएको छ । “घरका भित्तामा घोडा, हात्ती, माछा, गँगटा, घरभित्र धान कुट्ने ढेकी, पिठो पिस्ने चक्का, धान राख्ने डेह्री, चामल राख्ने कुठ्ली, तेल पेल्ने कोल, लुगा राख्ने भौका राखिएको थियो,” उहाँले भन्नुभयो, “तर अहिले उक्त सामग्रीसमेत हराएका छन् ।” उहाँले नमुना थारूग्राम स्थापना गर्ने बेला थारू सङ्ग्रहालय स्थापना गर्ने, ग्रिन पार्कलगायतका संरचना निर्माण गर्ने सम्झौता भएको तर सहमति अनुसार जिविसले पनि सहयोग नगरेको बताउनुभयो । घोराही उपमहानगरपालिका–७ का वडाध्यक्ष खोपीराम चौधरीले स्थानीयको बेवास्ताकै कारण थारूग्राम अलपत्र परेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल