alliance khabar

मंगलबार, जेठ ०६, २०८२

काठमाडौँ – जेठ ६ गते ।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. ५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदीले आज एक विशेष कार्यक्रमको आयोजना गर्दै प्रहरी वृत्त बौद्धका नव नियुक्त ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक शेखर जंग थापालाई स्वागत गर्नुभएको छ।

कार्यक्रममा वडा सदस्यहरू, वडा कार्यालयका कर्मचारी, र सामाजिक क्षेत्रमा सक्रिय विभिन्न सम्माननीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वडा अध्यक्ष सुबेदीले गोकर्णेश्वर वडा नं. ५ मा भइरहेको ट्राफिक गतिविधिबारे जानकारी गराउँदै सुधारका सम्भावनाहरूका बारेमा विस्तृत छलफल गर्नुभएको थियो। उहाँले ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने आवश्यकता औँल्याउँदै प्रहरी निरीक्षक थापासँग समन्वय गरी काम गर्न तयार रहेको बताउनुभयो।

कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा प्रहरी निरीक्षक थापाले स्थानिय सहयोग र सहकार्यबाट ट्राफिक व्यवस्था सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका यातायात तथा ट्राफिक व्यवस्थापन संयोजक शम्भुप्रसाद अधिकारीले नगरपालिकाको यातायात तथा ट्राफिक व्यवस्थापन सम्बन्धमा आफ्नो राय प्रस्तुत गर्नुभयो।


तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल