alliance khabar

शनिबार, जेठ ०३, २०८२

चितवन, जेठ ३ गते  ।

तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र पार्टीका सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दुर्घटना भएको स्थानलाई अध्ययन केन्द्र बनाउने कामको थालनी भएको छ  । पोखराबाट चितवन आउने व्रmममा मुग्लिङ–नारायणगढ सडकखण्डको दासढुङ्गामा २०५० जेठ ३ गते जिप दुर्घटनामा परी मृत्यु भएको थियो । मृत्यु भएको स्थान दासढुङ्गा क्षेत्रमा पार्क र सडकमाथि उत्तरतर्फको खाली स्थानमा अध्ययन केन्द्र निर्माण सुरु भएको एमालेका नेता डा. तिलचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

प्रदेश सरकारको लगानीमा पूर्वाधार निर्माण भइराखेको हो । जिप त्रिशूली नदीमा खसेको स्थानमा मदन र अश्रितको सालिक निर्माण गरिएको छ । त्यस स्थानमा नदीले कटान गर्न थालेपछि तारजाली लगाउने, संरक्षण गर्ने, व्यवस्थित पार्क निर्माण गर्ने, शौचालय, खानेपानी, बस्ने स्थान र आकर्षक पार्क निर्माणको काम भइराखेको भट्टराईले जानकारी दिनुभयो । निर्माण पूरा भएपछि यहाँ आउनेले शान्त वातावरणमा बसेर दुर्घटना स्थल अवलोकन गर्न सक्ने गरी संरचना निर्माण गर्न थालिएको छ । उहाँले भन्नुभयो, “बगैँचा, फलफूलका बोटबिरुवा र अन्य संरचना निर्माण हुने व्रmममा छन् । अहिले निर्माणको काम धमाधम भइराखेको छ ।

त्यस्तै गरी राजमार्गबाट उत्तरतर्फ रहेको स्थानमा अध्ययन केन्द्र भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । तीन तला निर्माण गरिएको यस भवनमा मदन भण्डारी र आश्रितको फोटो, उहाँहरूको जीवनीबारे पुस्तक, श्रव्य सामग्री, राजनीतिक पुस्तकलगायतका सामग्री राखिने छन् । उहाँका बारेमा खोज अनुसन्धान तथा केही जानकारी लिन चाहनेका लागि यो केन्द्र महìवपूर्ण हुने भट्टराईले जानकारी दिनुभयो ।

एमालेले दुर्घटना स्थललाई राजनीतिक, ऐतिहासिक केन्द्रका रूपमा विकास गर्ने भन्दै पहिलादेखि नै पहल गर्दै आएको थियो । मदन आश्रितको ३२ औँ स्मृति दिवस जेठ ३ गते दुर्घटना स्थल दासढुङ्गा, शव भेटिएको स्थान भरतपुरको गाजीपुरमा विभिन्न कार्यव्रmम गरी मनाइँदै छ । गाजीपुर पनि पर्यटकीय स्थलका रूपमा विकास गरिएको छ ।

यस क्षेत्रमा अहिले दैनिक सयौँ पर्यटक आउने गरेका छन् । सभा हल, भ्युटावर, पार्क, भण्डारीको सालिकलगायतका संरचना निर्माण गरिएको छ । एमाले चितवनका सचिव प्रकाश ढुङ्गानाले मदन आश्रित एमालेको मात्र नभएर सिङ्गो कम्युनिस्ट पार्टीको आस्था भएकाले यसको महìव अलग्गै रहेको बताउनुभयो । भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादलाई अहिले पनि पार्टीले मूल नीति बनाएर अगाडि बढेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल