alliance khabar

सोमबार, बैशाख २२, २०८२

काठमाडौँ, वैशाख २२ गते ।

रोजगादाता उद्योग/प्रतिष्ठानमा नियमित काम गर्ने श्रमिकको सङ्ख्या घटेको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को श्रम अडिट प्रतिवेदन २०८१ का अनुसार गत वर्षको तुलनामा यस वर्ष नियमित रोजगारी गर्ने श्रमिकको सङ्ख्या ११ प्रतिशतले घटेको हो ।

प्रतिवेदन अनुसार देशभरका विभिन्न उद्योग/प्रतिष्ठानमा नियमित, कार्यगत, समयगत, आंशिकलगायतका श्रमिक कार्यरत छन् । यसमध्ये नियमित काम गर्ने श्रमिक ११ प्रतिशतले घटेका हुन् । प्रतिवेदन अनुसार यस वर्ष श्रम अडिट गरिएका प्रतिष्ठानमा ५३.३५ प्रतिशत श्रमिक नियमित रोजगारीमा कार्यरत छन् ।

यस वर्ष श्रम कानुन कार्यान्वयनको अवस्था अध्ययन गर्न उत्पादनमूलक उद्योग प्रतिष्ठान, गार्मेन्ट, जुट, टेक्सटायल, होटेल, ट्रेकिङ, ट्राभल्स, प्रिन्टिङ प्रेस, सहकारी, निजी अस्पताल, निजी विद्यालय, निर्माण तथा श्रमिक आपूर्तिकर्ता कम्पनी गरी कुल ३२७ वटा श्रम अडिट प्रतिवेदनबाट श्रम कानुन कार्यान्वयनको अवस्था अध्ययन विश्लेषण गरेको थियो ।

प्रतिवेदन अनुसार कार्यगत रोजगारीमा गत वर्ष ६.१९ प्रतिशत श्रमिक कार्यरत रहेकामा यस वर्ष केही घटेको छ । श्रम अडिट गरिएका उद्योग प्रतिष्ठानमा कार्यगत रोजगारीमा ५.५१ प्रतिशत र समयगत रोजगारीमा कार्यरत श्रमिक ८.५८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

रोजगार सम्झौता गरेर वा नियुक्तिपत्र दिएर श्रमिकलाई काममा लगाउने उद्योग प्रतिष्ठान सङ्ख्या गत वर्ष ६५ प्रतिशत रहेकामा यो वर्ष ६०.१ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । यस वर्ष रोजगार सम्झौता गरेर श्रमिकलाई काममा लगाउने उद्योग प्रतिष्ठान करिब पाँच प्रतिशतले घटेका छन् ।

जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रम अनुगमन गर्ने निकाय अर्थात् श्रम प्रशासन फितलो बन्दै गएको पुष्टि भएको बताउनुुभयो ।

प्रतिवेदन अनुसार प्रशिक्षार्थी र तालिमी श्रमिकलाई काममा लगाउने उद्योग/प्रतिष्ठान ८८.७ छन् जबकि गत वर्ष त्यस्ता प्रतिष्ठान ८०.९ प्रतिशत थिए । श्रम ऐन अनुसार एक वर्षभन्दा बढी तालिम अवधि नहुने साथै तालिमीलाई न्यूनतम पारिश्रमिक, बिरामी बिदा, उपदान, सञ्चय कोष, बिमा र सामाजिक सुरक्षालगायतको सुविधा दिनुपर्ने व्यवस्थाविपरीत ९१.६ प्रतिशतले लागु गरेका छैन । आंशिक समय रोजगारीमा गत वर्ष १.७३ प्रतिशत श्रमिक कार्यरत रहेकोमा यस वर्ष १.४८ प्रतिशत रहेको छ ।

यसै गरी आकस्मिक तथा अन्य रोजगारीमा कार्यरत श्रमिक गत वर्ष ३.९७ प्रतिशत रहेकोमा यस वर्ष ४.६६ प्रतिशत रहेका छन् ।गत वर्ष श्रमिक आपूर्तिकर्ता (आउटसोर्स) कम्पनीमार्फत काम गर्ने श्रमिक ९.९३ प्रतिशत रहेकोमा यस वर्ष श्रम अडिट गरिएका उद्योग÷प्रतिष्ठानमा यस्ता श्रमिक १४.९१ प्रतिशत छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल