alliance khabar

आइतबार, बैशाख २१, २०८२

बबई (बर्दिया), वैशाख २१ गते ।

बर्दियामा केही वर्षअघि महिलाले सञ्चालन गरेको ढाका उद्योग सङ्कटमा परेको छ । बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–८ स्थित कालिका महिला उद्यमी समूहले चार वर्षदेखि सञ्चालनमा ल्याएको ढाका उद्योग आर्थिक अभाव बढ्दै जाँदा बन्द हुने अवस्थामा पुगेको हो ।

सरुवाती समयमा ढाकाका कुर्ता सुरवाल, सर्ट, पछ्यौरा, चोलोलगायतका सामग्री उत्पादन हुने उद्योगमा आर्थिक सङ्कट बढ्दै जान थालेपछि अहिले सारी मात्र उत्पादन गर्ने गरिएको छ । सञ्चालनको समयमा १३ जनालाई रोजगारी दिएको उद्योगले अहिले भने जम्मा पाँच जनालाई रोजगारी दिएको छ ।

बर्दियाबाट उत्पादन भएको ढाकाका सामग्री बर्दिया, बाँकेलगायत काठमाडौँसम्म बिक्री हुने गरेको थियो तर उत्पादन घट्दै जान थालेपछि बजार क्षेत्रसमेत खुम्चिँदै गएको छ ।

कालिका महिला उद्यमी समूहकी अध्यक्ष नीलम गौतमले उद्योग सञ्चालनमा स्थानीय सरकारले पनि सहयोग नगरेको गुनासो गर्नुभयो ।उहाँले गत वर्ष गाउँपालिकाले उद्योगका लागि गाउँ सभाबाट बजेट छुट्याए पनि नदिएको बताउनुभयो ।

समूहकी सचिव बबिता पुनमगरले महिला मिलेर पश्चिम नेपालमा नै ढाका उत्पादन गर्न सके राम्रो बजार पाउने आशाले उद्योग स्थापना गरिएको भए पनि स्थानीय तहबाट कुनै सहयोग नभएपछि उत्पादन घटाउँदै लगिएको बताउनुभयो । बढैयाताल गाउँपालिका–८ मा पर्ने ढाका उद्योगलाई ८ नं. वडा कार्यालयले यस आर्थिक वर्षमा एक लाख सहयोग गर्ने निर्णय गरेको थियो । वडाध्यक्ष तेजनाथ पौडेलले हालसम्म उक्त रकम भुक्तानी हुन नसकेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल