alliance khabar

बुधबार, बैशाख १०, २०८२

काठमाडौँ, वैशाख १० गते ।

देशकै ठुलो तरकारी बजार कालीमाटीमा पछिल्ला दिनमा भित्रिएका ताजा तथा हरिया तरकारीमा विषादीको मात्रा अधिक प्रयोग भएको भेटिएको छ । कालीमाटीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाइले सो बजारमा भित्रिएका ताजा तथा हरिया तरकारीको नमुना परीक्षण गर्दा विषादीको मात्रा अधिक प्रयोग भएको देखिएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार मङ्गलबार विभिन्न ठाउँबाट आएका १५ प्रकारका तरकारीको नमुना परीक्षण गर्दा धादिङबाट आएको घिरौँला अर्गानोफस्फेट नामको विषादीको रोकावट दर ५३.९३५ प्रतिशत प्रयोग भएको पाइएको छ । समितिका अनुसार बिक्री गर्न बाँकी रहेको घिरौँला बजार समितिले कालीमाटी प्रहरीको रोहवरमा नष्ट गरेको छ । मङ्गलबार नै धादिङबाटै आएको घिउसिमीमा पनि अर्गानोफस्फेट नामको विषादीको रोकावट दर ३९.६९ प्रतिशत प्रयोग भएको पाइएको छ । उक्त घिउसिमी केही दिन पर्खेर पुनः परीक्षण गरेर खानयोग्य भएमा मात्रै उपभोग गर्न मिल्ने भन्दै बिक्रीमा रोक लगाएको समितिका निर्देशक विनय श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै सोमबार पनि भारतबाट आएको गोलभेँडामा पनि अर्गानोफस्फेट विषादीको रोकावट दर ४२.९९५ प्रतिशत पाइएपछि केही पर्खेर पुनः परीक्षणपछि मात्रै ठिक भएमा उपभोग गर्न सकिने भनेर बिक्रीमा रोक लगाइएको थियो । त्यसै गरी आइतबार धादिङबाट आएको घिरौँलामा अर्गानोफस्फेट ३९.२१४ प्रतिशत भेटिएपछि बिक्रीमा रोक लगाइएको थियो ।

समितिले वैशाख १ गतेदेखि ९ गतेसम्म १४५ वटा तरकारीका नमुनाको परीक्षण गरेकोमा एउटा खान नहुने विषादी मात्रा प्रयोग भएको र तीन वटा केही दिन पर्खेर पुनः परीक्षणपछि ठिक भएमा मात्रै खान हुने जनाएको छ ।

यस्तो विषादी ३५ प्रतिशतभन्दा कम उपभोगयोग्य ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ । सरकारी स्वामित्वको देशकै सबैभन्दा ठुलो तरकारी बजार कालीमाटी फलफूल बजारमा नियमित रूपमा हुने परीक्षणका क्रममा पछिल्लो समयमा सबैभन्दा बढी घिरौँला, सिमी र गोलभेँडालगायतका तरकारीमा विषादीको मात्रा पाइएको छ ।  केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख डा. शान्ता कार्कीले विषादी छर्केपछि पर्खनुपर्ने अनिवार्य निश्चित समय नपर्खेर बारीबाट सोझै बजारमा लगिएकाले परीक्षणमा विषादीको अवशेष भेटिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल