alliance khabar

बुधबार, बैशाख १०, २०८२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्य सुदृढ रहनेछ र काममा लाभको सम्भावना देखिन्छ । व्यापारमा थोरै मात्र लाभ हुनेछ, तर भविष्यका लागि महत्वपूर्ण कामको जग बसाउने मौका प्राप्त हुनेछ । विभिन्न सहयोग तथा उपहार प्राप्त हुनेछन् । भौतिक साधन जुट्नेछन् र आयआर्जनमा पनि प्रगति हुनेछ । अतिथिका रूपमा सम्मान पाउने सम्भावना छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पशुपालन तथा कृषि क्षेत्रबाट लाभ हुने संकेत छ, तर अकस्मात् स्वास्थ्य समस्या देखा पर्न सक्छ । अरूका काममा समय बित्न सक्छ, जसले गर्दा आफ्नै काममा प्रभाव पर्न सक्छ । काम पूरा नहुँदा मन खिन्न हुने सम्भावना छ । अनावश्यक यात्रा र खर्चमा समय बित्न सक्छ, साथै उपचारमा समेत खर्च हुने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
प्रयत्न गरेमा महत्वपूर्ण वस्तु वा उपलब्धि प्राप्त गर्न सकिनेछ । साथीभाइको सहयोगले आत्मबल बढ्नेछ । लामो समयदेखि अड्किएको काम बन्ने सम्भावना छ । तर, समयमै सजग नहुनाले काम बिग्रन सक्छ र खर्च बढ्न सक्छ । पढाइमा कमजोरी देखिन सक्छ र लेनदेनमा विवादको सम्भावना छ । सानातिना घरेलु समस्याले मन अल्झन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चोरी वा ठगीको जोखिम देखिएकाले आर्थिक कारोबार गर्दा विशेष सावधानी अपनाउनुहोला । अनावश्यक दौडधूपमा समय खर्चिन सक्छ । धेरै प्रयास गर्दा पनि अपेक्षित उपलब्धि पाउन कठिन हुनेछ । शुभचिन्तकको सल्लाह बेवास्ता गर्दा हानि हुन सक्छ। अरूले फसाउने सम्भावना छ । आफूलाई कमजोर अनुभव हुने समय हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमाइलो यात्राको सम्भावना छ । परिश्रमले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ । आम्दानीमा वृद्धि हुनेछ र परिवारजनका आवश्यकताहरू पूरा गर्न सकिनेछ । दीर्घकालीन फाइदाका लागि लगानी गर्न सकिनेछ । प्रतिस्पर्धामा विजयी हुने सम्भावना छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिने समय हो । दाम, इनाम र प्रतिष्ठा प्राप्त गर्ने सम्भावना छ । सामाजिक जिम्मेवारी बढ्न सक्छ । कामको सिलसिलामा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य र मनोरञ्जनमा रुचि बढ्नेछ । रोकिएका कामहरू सम्पन्न हुँदा आत्मबल बढ्नेछ । संघर्षपछि अधिकार स्थापित गर्न सकिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ प्राप्त हुनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुने संकेत छ । कीर्तिमानी कार्य गर्ने अवसर मिल्नेछ । आफ्नै कमजोरीका कारण विवादमा फसिने सम्भावना छ, तर सकारात्मक सोच राख्नेहरूलाई फाइदा हुनेछ । प्रयत्न गरेमा व्यावसायिक कार्यहरू सम्पन्न हुनेछन् । सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
श्रमको उचित मूल्यांकन हुनेछ । अध्ययनमा प्रगति देखिनेछ । समय उत्साहवर्धक रहनेछ । नयाँ ज्ञान प्राप्त हुने संकेत छ । लाभदायी काम सुरु गर्न अनुकूल समय हो । गरिएको कामको राम्रो मूल्यांकन हुनेछ । भौतिक साधन जुट्नेछ र रमाइलो यात्राको अवसर पनि प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मेहनतले आम्दानीमा वृद्धि हुनेछ । रोकिएको रकम हात लाग्ने सम्भावना छ । साझेदारीबाट राम्रो लाभ हुनेछ । आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । व्यापारमा विशेष लाभ हुने समय हो । परिवारको साथ र समर्थनले नयाँ आशा पलाउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कामको सिलसिलामा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषयमा बढी चासो राख्दा समस्यामा पर्न सकिनेछ । शरीर अस्वस्थ भएपनि जिम्मेवारी बढ्नेछ । सानातिना काममा समय खर्चिन सक्छ । ईर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन्, सतर्क रहनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ठूलो प्रयास गरेपनि उपलब्धि हात पार्न कठिन हुनेछ । पारिवारिक टाढापन महसुस हुन सक्छ । शुभचिन्तकहरूको सुझाव बेवास्ता गर्दा हानि हुने सम्भावना छ । विश्वास गरिएका व्यक्तिबाट धोका पाइने खतरा छ, सतर्क रहनुहोस् । व्यावसायिक क्षेत्रमा खर्च बढ्नेछ र स्वास्थ्य समस्याले काममा ढिलाइ हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सन्तान, अनुयायी वा मातृशक्तिको सल्लाह र सहयोगले लाभ हुनेछ । महत्वाकांक्षी योजना बिस्तारै सफल हुनेछन् । व्यवसायमा संलग्न व्यक्तिहरूले विशेष फाइदा पाउनेछन् । रुचिका क्षेत्रमा लगानी गर्ने समय हो । नयाँ अवसरहरू प्राप्त हुनेछन् । यद्यपि व्यापारमा अपेक्षित लाभ नहुन सक्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल