alliance khabar

शनिबार, बैशाख ०६, २०८२

खोटाङ, वैशाख ६ गते  

खोटाङको वराहपोखरी गाउँपालिकाले गाउँ फर्किने परिवारलाई एक लाख रुपियाँ प्रदान गरेको छ । गाउँबाट बसाइँ सरेर गएको १८ वर्षपछि पुनः गाउँमै फर्किएका परिवारलाई गाउँपालिकाले एक लाख रुपियाँ दिएको हो ।

वराहपोखरी गाउँपालिका–६, मौवाबोटेका बोदबहादुर खड्काको परिवार २०६३ सालमा सप्तरी बसाइँसराइ गरेर गएका थिए । गाउँबाट गएको १८ वर्षपछि उनीहरू पुनः गाउँ फर्किएका हुन् । पछिल्लो समय बसाइँसराइले गाउँ खाली हुँदै गएको छ । गाउँ छाडेर जानेको सङ्ख्या वृद्धि भइरहेको अवस्थामा गाउँ फर्किनेलाई प्रोत्साहनका लागि गाउँपालिकाले रकम प्रदान गरेको जनाएको छ । केही महिनाअघि गाउँ फर्किएका खड्काको परिवारलाई गाउँपालिका अध्यक्ष शालिकराम बन्जराले वैशाख ४ गते घरमै पुगेर एक लाख रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

आफ्नो जन्मथलोको माया लागेर गाउँ फर्किएको बोदबहादुर खड्काको भनाइ छ । आफ्नो पुरानो जग्गाजमिनमा खेतीपाती लगाएर परिवार चलाउने योजनासहित आफू गाउँ फर्किएको खड्काले बताउनुभयो ।

गाउँ फर्किनेलाई प्रोत्साहन गर्नका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ बाट एक लाख रुपियाँ रकम दिने नीति लिएको पालिका अध्यक्ष बन्जराले बताउनुभयो । आफ्नो जग्गाजमिन बिव्रmी नगरी गाउँ छाडेर जाने धेरै छन् । उनीहरू पुनः गाउँ फर्किन चाहेको हुँदा प्रोत्साहनका लागि गाउँपालिकाले पनि एक लाख रुपियाँ दिने कार्यव्रmम ल्याएको उहाँको भनाइ छ । गाउँपालिकाले सुरु गरेको यो कार्यक्रम प्रभावकारी भएमा रकम वृद्धि गर्ने योजना रहेको पालिका अध्यक्ष बन्जराले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल