alliance khabar

मंगलबार, चैत्र १२, २०८१

घोराही, चैत १२ गते ।

 दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको गणपति भेनियर तथा साङ्ग्रीला प्लाई उद्योगमा लागेको आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । उद्योगमा आगलागी भएको करिब ३२ घण्टा बितिसक्दा पनि आगलागी पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनभएको छ । उहाँका अनुसार आगो करिब ९० प्रतिशत नियन्त्रणमा रहे पनि पूर्णरुपमा अझै आइसकेको छैन ।

आगो नियन्त्रणका लागि सोमबार बिहान २ बजेदेखि निरन्तर प्रयास जारी रहेपनि पूर्णरुपमा अझै आगो नियन्त्रण नआएको बताउनुभयो । उहाँले आगो निभाउँदै जलेका सामग्री पन्छाउदै अगाडि बढ्नुपर्ने भएका कारण आगो पूर्णरुपमा नियन्त्रणमा आउन समय लागेको र रातभर पनि आगो निभाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो । उहाँले आगलागीबाट उद्योगका सबै सामग्री नष्ट भएका छन् ।

उद्योगमा चिरान गरिएको काठसँगै प्रज्वलनशील वस्तु राखिएका कारण आगो नियन्त्रणका लागि प्रयास गर्दा पनि नियन्त्रणमा आउन ढिलाई भएको र अहिलेसम्म ९० प्रतिशत आगो नियन्त्रण भएको उहाँको भनाइ छ ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीसँगै वनको डढेलो नियन्त्रण टोली गरेर करिब दुई सय जनाको टोली आगलागी नियन्त्रणका लागि प्रयास गरिरहेका छन् । उहाँले भन्नुभयो, ‘‘आगो नियन्त्रणका लागि रातिभरी पनि सुरक्षा निकायको टोलीले काम गरिरहेको छ ।’’ उद्योगमा लागेको आगो नियन्त्रणका लागि पानी बोक्न दाङसँगै कपिलवस्तु, बाँके र बर्दिया जिल्लाबाट आएका आठवटा दमकलसँगै ट्याक्टर प्रयोग गरिइरहेको छ ।

उहाँका अनुसार आगलागी नियन्त्रणका लागि दाङका घोराही, तुलसीपुर उपमहानगपालिका र लमही नगरपालिकाबाट एक/एक गरी तीनवटा, कपिलवस्तुबाट कृष्णनगर नगरपालिका र शिवराज नगरपालिकाबाट दुईवटा, बाँकेको नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाबाट दुईवटा र बर्दियाको बाँसगडी नगरपालिकाबाट आएका एउटा दमकल तथा ट्याक्टर, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, डिभिजन वन कार्यालय घोराहीको डढेलो नियन्त्रण दस्ता र स्थानीयले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो  । उद्योगले प्लाई उत्पादन गरेर नेपालका विभिन्न जिल्लासँगै भारतमा समेत निर्यात गर्दै आएको थियो । उद्योगमा करिब नौ सय बढी कर्मचारी कार्यरत थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल