alliance khabar

बिहिबार, फाल्गुण २९, २०८१

नेपालगन्ज, फागुन २९ गते।

बाँकेको एउटा पालिकाको एउटा वडामा मात्रै १४ जना क्यान्सरका शङ्कास्पद बिरामी भेटिएका छन्।

जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर १ राधापुरमा नसर्ने रोग पहिचानका लागि आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा चेकजाँचका क्रममा १४ जना पाठेघर सम्बन्धी क्यान्सरका शङ्कास्पद बिरामी महिला भेटिएको प्राथमिक स्वास्थ्य केन्द्र खजुराले जनाएको छ।

सो शिविरमा उच्च रक्तचापका आठ जना, मधुमेहका ३० जना, स्वासप्रस्वास सम्बन्धी समस्या भएका दुई जना, मिर्गौला सम्बन्धी समस्या भएका पाँच जना र मुत्रनली सङ्क्रमण सम्बन्धी समस्या भएका छ जना बिरामी भेटिएको प्राथमिक स्वास्थ्य केन्द्र खजुराका मेडिकल अफिसर डा. अनिस रुचालले बताउनुभयो।

उहाँले स्वास्थ्य शिवरमा सेवा लिन आएका महिलाको पाठेघरको मुखको क्यान्सरको भिआइए परीक्षण गर्दा १४ जना महिलामा सो समस्या पोजेटिभ भेटिएको बताउनुभयो।

खजुरा गाउँपालिकाको स्वास्थ्य तथा सामाजिक विकाश शाखा प्रमुख लक्ष्मी केसी ओलीले भिआइए परीक्षण गर्दा ५८ जना महिलामा नेगेटिभ पाइएको जानकारी दिनुभयो।

उहाँका अनुसार सो शिविरमा भेरी अस्पताल नेपालगन्जकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. उर्मिला पराजुली र प्राथमिक स्वास्थ्य केन्द्र खजुराका मेडिकल अफिसर डा. अनिस रुचाललगायतले स्वास्थ्य परीक्षण गर्नुभएको थियो।

एउटै वडामा यति धेरैजना क्यान्सरको शंकास्पद विरामी भेटिनु गम्भीर कुरा भएको जनाउँदै ती महिलालाई भेरी अस्पताल नेपालगन्जमा आवश्यक परामर्शसँगै थप उपचारका लागि रिफर गरिएको वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.उर्मिला पराजुलीले बताउनुभयो।

सो निःशुल्क स्वास्थ्य शिविरमा नसर्ने रोग पहिचान गर्नुका साथै निःशुल्क औषधी वितरण गरिएको थियो। शिविरमा राधापुरका १२० जना सर्वसाधारणले स्वास्थ्य जाँचसँगै औषधी र परामर्श पाएका थिए।

भेरी अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. पराजुलीले अहिले पनि अधिकांश महिला लाज र डरका कारण स्वास्थ्य परीक्षण गराउन नमान्ने गरेकोले रोग पालेर बसिरहेको बताउनुभयो।

खजुरा गाउँपालिकाले नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान सञ्चालन गरिरहेको छ। फागुनको महिना जनचेतनामुलक क्रियाकलाप तथा स्क्रिनिङको महिनाको रूपमा मनाइने स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी ओलीले बताउनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल