alliance khabar

मंगलबार, फाल्गुण २७, २०८१

चितवन, फागुन २७ गते।

 नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले अब आउने  जिल्ला तरुण अध्यक्षले चितवनको गुमेको सिट फर्काउने बताउनुभएको छ।

मंगलबार चितवनमा आयोजित भरतपुर महानगर समिति द्वारा आयोजित पुर्णकालीन सदस्यता वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गुरुङले यस्तो बताउनुभएको हो।

विभिन्न दल अहिले अनेक बहानामा षड्यन्त्र गरिरहेको बताउदै उहाँले सचेत रहन तरुणलाई निर्देशन दिँदै यस्तो बताउनुभएको हो।

गुरुङले संघीय गणतन्त्रको संसद छिरेर शपथ खाएर तलब भत्ता खाने अनि यो व्यवस्था स्वीकार्य छैन भन्ने अधिकार कसैलाई नभएको प्रष्ट पार्नुभयो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाहीप्रति लक्षित गर्दै उहाँले यस्तो बताउनुभएको हो।  यो देशलाई द्वन्द्वबाट बचाउन तरुणले विशेष भूमिका खेल्नुपर्ने उकाँको भनाइ छ।

भरतपुर महानगर तरुण अध्यक्ष चित्रबहादुर राणाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस चितवन जिल्ला सभापति राजेश्वोर खनाल, पूर्व पार्टी सभापति विकास कोइराला एवं तरुण दल चितवन जिल्ला अधिवेशन संयोजक राजन ताम्राकार उपस्थित हुनुहुन्थ्यो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल