alliance khabar

मंगलबार, फाल्गुण २०, २०८१

काठमाडौँ, फागुन २० गते  । 

राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य, मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताउनुभएको छ । राष्ट्रपति सचिवालयका अनुसार सर्वोदय सेवाश्रमद्वारा स्थापित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि यी गुण अनिवार्य भएको बताउनुभयो ।

पौडेलले भन्नुभयो, “जब कुनै समाजले नैतिकता, अनुशासन र इमानदारीलाई सम्मान गर्छ, त्यहाँ शान्ति, सहअस्तित्व र सकारात्मक परिवर्तनको जग मजबुत हुन्छ ।”

उहाँले प्रकृति र मानवबिचको गहिरो सम्बन्धलाई आत्मसात् गर्दै, योग शिक्षा, स्वस्थ जीवनशैली र मानव सेवाका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उल्लेख गर्नुभयो ।

दुई दशकभन्दा बढी समयदेखि लमजुङमा सक्रिय सर्वोदय सेवाश्रमले योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार स्थापना गरेर उदाहरणीय काम गरेको उहाँले बताउनुभयो । उहाँले नेपालको निजामती प्रशासनिक क्षेत्रमा निष्ठा, इमानदारी र कर्तव्यपरायणको उदाहरणीय प्रतिमान स्थापित गर्नुभएका लमजुङका नरकान्त अधिकारी तथा न्याय प्रशासनका क्षेत्रमा उच्चतम इमानदारी, कर्तव्यनिष्ठ र क्षमताको परिचय दिनुभएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद उपाध्यायको सम्मानमा स्थापित पुरस्कार उहाँहरूको योगदानको प्रतीक भएको बताउनुभयो ।

उहाँले नरकान्त योग राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएका प्राडा विद्यानाथ उपाध्याय र भैरव सदाचार राष्ट्रिय पुरस्कार पाउनुभएका मन्त्रीपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधान न्यायाधीश खिलराज रेग्मी निष्ठाको प्रतीक रहेको पनि बताउनुभयो । उहाँहरूले आआफ्नो क्षेत्रमा पुर्‍याउनुभएको योगदान प्रशंसनीय रहेको पनि राष्ट्रपति पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल