alliance khaabr

बिहिबार, फाल्गुण ०८, २०८१

मार्तडी (बाजुरा), फागुन ८ गते ।

बुढीगङ्गा नगरपालिकाले ससर्त अनुदानका निर्माण कार्ययोजना फिर्ता पठाएको छ । आर्थिक वर्ष २०८१/८२ सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको ससर्त अनुदानका योजना नगरपालिकाले फिर्ता पठाएको पाइएको छ । गत पुस २५ गते नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार प्रदेश सरकारले हस्तान्तरण गरेका विभिन्न आयोजना निर्माण गर्न नसकिने भन्दै सम्बन्धित मन्त्रालयलाई फिर्ता पठाइएको छ ।

नेकपा (एमाले) स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्यहरू लालबहादुर थापा, प्रकाशबहादुर  शाह, पूर्वप्रदेश प्रमुख देवराज जोशीको गृहपालिकाबाटै योजनाहरू कार्यान्वयन गर्न नसक्दा फिर्ता गरिएका हुन् । बुढीगङ्गा नगरपालिकका प्रमुख रामबहादुर बानियाँले यहाँको विकासमुखी योजना नभएका कारण प्रदेशलाई नै फिर्ता पठाएको बताउनुभयो । उहाँले भन्नुभयो, “बुढीगङ्गामा सडक पूर्वाधार, शिक्षा, खानेपानी, स्वास्थ्य, सञ्चारको आवश्यकता हो तर प्रदेश सरकारले आवश्यकताबेगर योजनाहरू छनोट गरेको छ, कार्यकर्ता पोस्ने र व्यक्तिपिच्छे योजना दिएको हुँदा प्रदेश सरकारलाई नै योजना फिर्ता गरिएको हो ।” उहाँका अनुसार बुढीगङ्गा नगरपालिकाले १० लाख रुपियाँभन्दामाथिका निर्माण योजना ठेक्कामार्फत निर्माण गर्ने पालिकाको नीति छ तर यसमा उपभोक्ताले ठेक्का अनुसार काम गर्न नमानेपछि स्वयम् प्रदेश सरकारलाई नै योजना बुझाएको उहाँले बताउनुभयो । प्रदेश सरकाले बुढीगङ्गा नगरपालिकामा २५ लाख रुपियाँ बराबरका धेरै योजना छनोट गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल