alliance khabar

मंगलबार, माघ १५, २०८१

बनियानी (झापा), माघ १५  गते ।

जिल्लाको कचनकवल गाउँपालिकाका कृषकलाई २५ प्रतिशत छुटमा सोमबार चैते धानको उन्नत बीउ वितरण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा ६० जना कृषकलाई २५ प्रतिशत छुटमा ‘हल्दिनाथ–१’ जातको उन्नत धानको बीउ वितरण गरिएको हो ।

बीउ वितरक फार्म (एग्रो)का प्रमुख मानप्रकाश सङ्ग्रौलाले दुई हजार चार सय किलो धानको बीउ छुटमा वितरण गरिएको बताउनुभयो । हल्दिनाथ–१ धानको बीउ स्थानीय मौसम र माटोको अनुकूल भएकाले कृषकले उत्पादन वृद्धि गर्नसक्ने उहाँको भनाइ छ । “उन्नत जातको बीउ उपलब्ध गराएर कृषकलाई उत्पादन वृद्धि गर्न प्रोत्साहन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “यसबाट कृषकले राहत पाउनुका साथै कृषि कर्ममा लाग्न सहयोग पुग्ने विश्वास छ ।”

गत वर्ष एग्रोले वितरण गरेको बीउबाट बढी धान उत्पादन गरेका ११ जना कृषकलाई सम्मानसमेत गरिएको छ । तिलरुपा बराल, बोलप्रसाद दङ्गाल, रोमा विष्ट, पार्वता भण्डारी, शान्तकुमार ढुङ्गेल, टङ्कनाथ धमला, दुर्गा लामिछाने, यशोदादेवी निरौला, नरमाया लामिछाने, अर्पणा कट्टेल बराल र वासना ढुङ्गेललाई सम्मान गरिएको हो ।

कार्यक्रममा अखिल नेपाल महिला सङ्घ कचनकवलकी अध्यक्ष उत्कृष्ट कृषक अर्पणा कट्टेल बरालले एग्रोबाट उपलब्ध बीउको प्रयोगबाट उत्पादनमा वृद्धि भएको अनुभव सुनाउनुभयो । यस्ता कार्यले कृषकलाई सहयोग हुनुका कृषिमा आत्मनिर्भर हुन प्रोत्साहन गर्ने उहाँको भनाइ छ ।

किसानको मेहनतले मात्र उत्पादन वृद्धि नहुने भएकाले उन्नत बीउ प्रयोगले उत्पादनमा सकारात्मक परिणाम आउने स्थानीय लक्ष्मी बजगाईंले बताउनुभयो । सरोकार भएका निकायले कृषि कर्ममा लागेकालाई प्राविधिक, अनुदानलगायत सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल