मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विशेष योजना गोप्य राख्नुहोला । बन्न लागेको काम पनि बिग्रन सक्ने दिन छ, होस पुर्याउनु होला । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ, त्यसै त्यसै दिक्क लागेर आउनेछ । आत्मविश्वास बढ्नेछ, आफन्तको काममा नै आजको दिन बित्ने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आम्दानी प्रशस्तै बढ्नेछ । नँया योजनाहरुको पनि सिर्जना हुने दिन छ । परिश्रम गर्दा अरुको विश्वास पनि जित्न सकिनेछ । अधुरा काम बनी मन हर्षित हुने दिन छ । राम्रोसँग कमाई हुनेछ । पठन पाठनमा पनि प्रगति हुनेछ । धन लाभ पनि होला । जागर आउनुका साथै आर्थिक एवम् सामाजिक लाभ मिल्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
भौतिक साधन जुट्नेछन् । नउठ्ने रकम उठ्ने दिन छ, मन प्रफुल्ल रहला । प्रयास गर्दा प्रेममा सफलता पाउने र बैवाहिक बन्धनको योग छ । टाढाको यात्रा पनि होला । कामहरु सजिलैसँग बन्नेछन् । कामको इच्छा शक्ति पनि बढ्नेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ईष्या गर्नेहरू सक्रिय रहनेछन् । छरछिमेकमा झगडा हुन सक्छ, एकदमै सावधान रहनु होला । गलत विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने साथै झै झगडा पनि होला । शरिरमा आलस्यता छाउने देखिन्छ, कसैसँग सामान्य वादविवाद पर्ने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ काममा समय मात्र बित्नेछ । नोकरीमा आज अल्छी लाग्न सक्छ । व्यापारमा सफलताले मन रमाउन छ । धन मनग्य कमाउने अवसर मिल्नेछ, जागीरमा पनि ठिकै छ । मान सम्मान मिल्नेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका पनि पाइनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । समग्रमा दिन रमाइलो छ । ठूला व्यक्तिको आशा र भरोसा पनि तपाइ प्रति रहनेछ । बोल्दा धेरै कामहरु सहज हुनेछन् । धार्मिक काममा मन जानेछ । काममा पनि उत्साहजनक समय छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जाने छ । विविध लाभ पनि होला । सहयोग र नयाँ मित्रको आगमनले अन्तत आफ्नो मन प्रसन्न हुनेछ, धनको लाभ पनि होला । सोचेका काम बन्नेछन् । केही खर्च लागेपनि सोचेको काम बन्नेछ । सन्तानबाट खोजे जस्तो सहयोग नपाउँदा केहि पीडा होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
उपचारमा खर्च हुने योग छ । सामान्य ज्वरो आउन सक्छ, खानपानमा होस पुर्याउनु होला । परिश्रमले आफ्नो लक्ष्य पुरा गर्न सकिनेछ । नोकरी र राजनितीमा केहि अप्ठ्याराको सामना गर्नुपर्ने छ । स्वास्थ्यको विशेष ख्याल गर्नु होला । सोच्दै नसोचेको ठाँउमा पैसा जाने दिन छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
विभिन्न अवसरले पछ्याउने छन् । स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । नयाँ काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाडी बढ्न सकिनेछ, दिन राम्रै छ । आय बृद्धि हुने दिन छ । नयाँ कामको अवसर पनि मिल्ला । अन्नको लाभ पनि हुने दिन छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ, धनको पनि लाभ होला । आटे गरेका काम पुरा भइ धनको लाभ हुन सक्छ, ब्यापारमा पनि सामान्य लाभ हुने देखिन्छ । कमाई बढ्नाले सुख बढ्नेछ । विगतको श्रमबाट पनि धन लाभ हुनेछ । नयाँ लुगा र मीठो खाजाको आनन्द पनि मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
गरेका कामबाट राम्रै लाभ मिल्नेछ । यात्राको लागि एकदम राम्रो समय रहेको छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । यात्रा पनि रमाइलो हुनेछ । साथीभाइसँग भेटघाट पनि होला । नौलो स्थानको यात्रा हुनेछ । रोकिएका कामहरु बन्नेछन् । धनको प्राप्ती पनि होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बाध्यतापूर्ण काममै समय बित्न सक्छ । ब्यापार ब्यवसायमा घाटा बेहोर्नु पर्ला, सावधान रहनु होला । समय त्यति राम्रो छैन, गलत विचार बढ्ने छ । समयमा सहि निर्णय गर्न सकिदैन । रोगले साताउला, सोच्दै नसोचेको ठाँउमा रुपैँया पैसाको खर्च होला । सोचे अनुसार काम बन्न कठिन छ ।