alliance khabar

मंगलबार, माघ ०१, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ । सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता मिल्नेछ । विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ । तर आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । आर्जित धन खर्च हुन सक्छ । तर आफ्नै प्रयासले लाभ मिल्न सक्छ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्ने समय छ । परिस्थिति अनुसार चल्न नसक्ता दुःख पाइनेछ । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा बचन दिनाले दुःख पाइनेछ । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आलोचकहरू बढ्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययनमा राम्रो प्रगति हुनेछ । हिम्मतले काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । आयआर्जन पनि राम्रै हुनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । केही खर्च लाग्ने तर पनि सोचेको काम बन्ने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनावश्यक दौडधुपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आर्थिक कारोबारमा सजगता अपनाउनु होला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पति पत्नी बीच घर सल्लाह नमिल्न सक्छ । अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
प्रेम र मित्रताको गाँठो कसिनेछ । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले सम्मान दिलाउनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ । गुरुजनको सहयोग जुट्नेछ । व्यवसायमूलक काममा पनि राम्रै फाइदा हुनेछ । व्यापार ब्यवसायमा फाइदा हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला । पहिलेका कर्मको प्रतिफल पाइनेछ साथै कामको चापबाट पनि फुर्सद पाइनेछ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव समेत देखा पर्नेछ । अध्ययनमा पछि परिने योग भएकाले सावधान रहनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारको आकर्षणले प्रशंसकहरू बढ्ने छन् । सुन्दर पहिरनमा रमाउँदै व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरेपनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल