alliance khabar

शुक्रबार, पौष २६, २०८१

पोखरा, पुस २६ गते ।

 सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुनुको मुख्य कारण नेपाल एयरलाइन्स कमजोर हुनु रहेको बताउनु भएको छ ।

शुक्रवार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र अर्थतन्त्रको उडानसम्बन्धी कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सबैभन्दा पहिला नेपाल एयरलाइन्सलाई बलियो बनाउनुपर्ने बताउनु भयो ।

उहाँले कोरला नाका व्यवस्थित बनाउनसके पनि गण्डकी प्रदेशमा पर्यटनको महत्व बढ्ने बताउनु भयो । उहाँले पर्यटनसँगै आर्थिक र औद्योगिक गतिविधिहरु पनि बढ्ने दाबी गर्नुभयो । उहाँले लुम्बिनी प्रदेशको भैरहवा, गण्डकी प्रदेशको पोखरा, वागमती प्रदेशको काठमाडौं, मधेस प्रदेशको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलभित्र समेटिने क्षेत्र नै नेपालमा आर्थिक हब बन्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘हामी यो कोरला नाकालाई व्यवस्थित बनाउने कुरा, निर्माण गर्नेकुरा र कोरला नाकासँगै जोडेर एउटा स्पेशल इकोनोमिक जोन बनाउने कुरा वा ट्राइपोर्ड बनाउने कुरामा हाम्रो प्रयत्न रहन्छ । त्यसले हाम्रो गण्डकी प्रदेशको,पर्यटन, उद्योग लगायत अरु क्षेत्रमा महत्वपूर्ण योगदान दिन्छ । यसले पर्यटनको विकास त छँदैछ । अरु क्षेत्रको विकास पनि हुन्छ । हामी एउटा निश्चित क्षेत्र भित्र छौँ । यो रेक्ट एंगल भित्र नै आर्थिक गतिविधि हुने हो । लुम्बिनी प्रदेशको भैरहवा, गण्डकी प्रदेशको पोखरा, वागमती प्रदेशको काठमाडौं, मधेस प्रदेशको निजगढ एयरपोर्ट यी चारवटा इन्टरनेशनल एयरपोर्टभित्र त्यसको दायरा पनि त्यसको कम्पाउण्डभित्र पर्छ । यो भित्रको सबै चिज इकोनोमिक जोनको रुपमा डेभलप हुनसक्ने सम्भावना छ ।’’

सञ्चारमन्त्री गुरुङ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कसरी प्रभावकारी रुपमा सञ्चालन गर्ने भन्नेकुरा महत्वपूर्ण रहेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल