alliance khabar

बिहिबार, भाद्र १४, २०८०

काठमाडौँ, १४ भदौ

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले विकासका नाममा आफ्ना निर्वाचन क्षेत्रमा बजेट तान्ने होडबाजीभन्दा सुशासन प्रवद्र्धन कार्यक्रममा क्रियाशील हुन जनप्रतिनिधिलाई आह्वान गर्नुभएको छ ।

उहाँले सुशासन प्रवद्र्धन गर्नेतर्फ राज्यको खासै ध्यान पुग्न नसकेको हुँदा जनप्रतिनिधिका हैसियले सांसदले विकृति, विसङगति, अनियमतिा र भ्रष्टाचार अन्त्य र सुशासन प्रवद्र्धनमा काम गर्न आवश्यक रहेको बताउनुभयो । राससँग कुराकानी गर्दै सभापति पन्थले भन्नुभयो, “भ्रष्टाचारलगायतका जति पनि विकृति, अनियमित र बेथितिलाई अन्त्य गर्न संसदीय समितिले पनि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ ।”

उहाँले सरकार विकास र समृद्धिका कार्यक्रमलाई जोड दिने तथा दलका नेता र जनप्रतिनिधि पनि विकासका नाममा आफ्ना क्षेत्रमा बजेट धेरै तान्न होडबाजीले सुशासन प्रवद्र्धन र दिगो विकासको लक्ष्य प्राप्त गर्न चुनौती खडा गर्ने विचार प्रकट गर्नुभयो ।

मुलुकको सोह्रौँ पञ्चवर्षीय योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिको सोच अघि सारेको उल्लेख गर्दै उहाँले राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन कायम गर्ने मामिलामा जनप्रतिनिधिको खबरदारी आवश्यक रहेको धारणा राख्नुभयो ।

यसैबीच, समितिले सुशासन प्रवद्र्धन सम्बन्धमा अध्ययन, अनुगमन र राज्यका सम्बन्धित निकाय र सरोकारवालासँग आवश्यक छलफल गर्न सुशासन प्रवद्र्धन तथा अनुगमन गर्न रमेशजङ्ग रायमाझीको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको छ । सभापति पन्थको अध्यक्षतामा बिहीबार बसेको बैठकले गठन गरेको उपसमितिका सदस्यमा नारायणप्रसाद दाहाल र शारदादेवी भट्ट रहनुभएको छ ।
 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल